काठमाडौँ । जिल्ला सिरहा, लहान नगरपालिका-२२ सलोखरीमा प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले पेस्तोल र म्याग्जिनसहित तीन जना जनालाई पक्रउ गरेको छ ।
पक्राउ पर्नेमा लहान नगरपालिका–२२ सलोखरीका १९ वर्षीय सञ्जय दास, सोही स्थानका २० वर्षीय गुरुदेव दास तथा लक्ष्मीपुर पतारी गाउँपालिका–६ का २० वर्षीय साबरजित दास रहेका छन्।
प्रहरीका अनुसार सबरजीत दास लाई चेकजाँच गर्दा निजबाट ९ एमएम जस्तो देखिने म्याग्जिनसहितको पुरानो पेस्तोल बरामद गरिएको छ । हाल उनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय लहान, सिरहा पठाइएको छ ।






