२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा तीन हजार ७७६ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ५२९ र नागरिकताका आधारमा एक हजार २४७ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् ।

राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार ३७१ पुरुष र एक हजार १५८ महिला तथा नागरिकताका आधारमा ६५७ पुरुष र ५९० महिलाले नाम दर्ता गराएका उनले बताए।

आयोगले सूचना जारी नगर्दासम्म निरन्तर मतदाता नामावली दर्ताको काम हुने उल्लेख गर्दै प्रमुख शाहीले युवा पुस्ताले धमाधम मतदाता नामावलीमा नाम दर्ता गराउन थालेका बताए ।

उनले भने, “अहिले अनलाइनबाट सेवा लिनेहरू बढ्दै गएका छन् ।” प्रमुख शाहीले जिल्लाका कोहलपुर, राप्तीसोनारी, डुडुवा, नरैनापुर, जानकी, खजुरालगायतका क्षेत्रबाट मतदाता नामावलीमा नाम दर्ता भइरहेको उल्लेख गर्दै त्रुटि सच्चाउने र अद्यावधिक गर्ने कार्य पनि जारी रहेको बताए ।

अन्तिम नामावली प्रकाशन भएपछि मात्रै बाँकेमा कति मतदाता नयाँ थपिए भन्ने निक्र्यौल हुने उल्लेख गर्दै प्रमुख शाहीले बाहिरी जिल्लाका लागि पनि बाँकेबाट मतदाता परिचयपत्रका लागि नाम दर्ता भइरहेको बताए।

विसं २०८२ को निर्वाचनसम्ममा बाँकेबाट तीन लाख ५० हजार ३७१ जनाले मतादाता नामावलीमा नाम दर्ता गराएका थिए । तीमध्ये एक लाख ७२ हजार २२३ महिला र एक लाख ७८ हजार १३९ पुरुष रहेका थिए भने अन्य नौ जना रहेका थिए । आयोगले बाँकेमा २०८२ चैत २२ गतेदेखि मतदाता नामावलीका लागि नाम दर्ता गर्ने प्रक्रिया सुरु गरेको थियो ।

0 Comments