२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डाक्टरले चन्दा उठाएर बचाए अनिलको ज्यान

अ+ अ-

काठमाडौँ। वीर अस्पतालस्थित नयाँ भवनको तेस्रो तलामा बिरामीको चाप छ । कोही ‘बेड’ नपाएर तनावमा छन् । कोही दुखाइको छटपटीमा छन् । कोही बिरामी भेट्न जानेहरू छन्, कोही आफ्ना बिरामीको अवस्था देखेर हतासमा छन् । कोही उपचारपश्चात् घर फर्कने तयारी छन् । ओहोरदोहोर गर्नेको बाक्लै भीड छ । त्यही तलाको ‘बेड’ नम्बर ३४९ मा छन्, कालीकोट स्थायी घर भई काठमाडौँस्थित डल्लुमा बस्ने अनिल दमाईं ।

गत शनिबार राति करिब १०:०० बजेको समय थियो । खाना खाएर उनी सुत्ने तर्खरमा थिए। अचानक पेटमा असह्य पीडा सुरु भयो । केहीबेरमै उनको शरीर पसिनाले निथ्रुक्क भिज्यो ।

श्वास फेर्न गाह्रो हुन थाल्यो । पीडा यति असह्य थियो कि उनलाई आफू अब बाँच्दिन कि भन्ने लाग्न थाल्यो तर पनि उनले एक घण्टासम्म आफ्नो पीडा परिवारसँग लुकाए । श्रीमती नआत्तिउन्, घरका सदस्यहरू डराउन नपरोस् भन्ने सोचले उनी चुपचाप छटपटाइरहे ।

पीडा झन् बढ्दै गएपछि अन्ततः उनले श्रीमतीलाई भने “अब मरे पनि सरकारकै अस्पताल (वीर अस्पताल)मै मरुँला ।” घरमा खोज्दा जम्मा २० रुपैयाँ रहेछ । औषधि किन्ने त परको कुरा, अस्पताल पुग्ने खर्चसमेत थिएन । छिमेकीसँग ५०० रुपैयाँ सापटी लिएर उनले श्रीमती लिएर ट्याक्सी चढे ।

“अरू समय डल्लुदेखि वीर अस्पताल पुग्नका लागि ट्याक्सीले ३०० जति लिने गर्थे । रातमा महँगो लाग्छ भनेर ५०० नै लिएँ । दुई सय फिर्ता दिनुस् न भनेर आग्रह गरेको ट्याक्सी चालकले मिल्दै भने । निर्दयी रहेछन्”, दमाई भन्छन्।

वीर अस्पताल पुग्दासम्म उनीहरूका साथमा रु २० बाँकी रहेछ । अस्पतालको आकस्मिक कक्षमा पुगेपछि अर्को पीडाले सतायो । उनीहरूका साथमा टिकट काट्ने पैसा थिएन । उपचार सुरु गराउने प्रक्रिया नै रोकियो । अनिलको पेटको पीडा बढ्दै गइरहेको थियो । उनी छटपटाइरहे । बिहानसम्म उनको अवस्था झन् जटिल बन्न थाल्यो । “म त बाँच्दिन होला । पीर नगर्नु । राम्रोसँग बच्चा हेर्नु”, अनिलले श्रीमतीलाई अर्थ्याए।

सडकमा व्यापार गर्न नपाएपछि समस्या
कालीकोटका अनिल २५ वर्षअघि राम्रो भविष्यको सपना बोकेर काठमाडौँ आएका थिए । राजधानीमा आएपछि उनी सडक किनारमा ज्याकेट, टी–सर्टलगायत कपडा बेच्न थाले । हातमा सामान झुन्ड्याएर सडकसडक घुमेर व्यापार गर्नु नै उनको जीविकोपार्जनको आधार थियो । “व्यापार छैन, केही छैन, “दमाईं भन्छन्, “एक–दुई वटा ज्याकेट र टी–सर्ट बेचेर जसोतसो घर चलाइरहेका थियौँ तर पछिल्ला वर्षमा महानगरपालिकाले फुटपाथ व्यापार हटाउने अभियान सुरु गरेपछि हामीलाई गाह्रो भयो ।”

अहिले पनि उनी सामान बोकेर सडक सडक डुल्नुहुन्छ तर भाग्नुपर्ने, महानगर प्रहरीले समात्ने डर, दिनभर व्यापार गरेर पनि खर्च नउठ्ने अवस्थाले सतायो । अनिल भन्छन्, “लुकीलुकी व्यापार गर्नुपर्छ । कहिले भाग्नुपर्छ, कहिले सामान जोगाउनुपर्छ । यसरी घर कसरी चलाउने ?” उनको परिवारमा तीन छोरा छन् । उनीहरूको पढाइको खर्च, पाँच हजार रुपैयाँ मासिक कोठाभाडा, ९० वर्षीया वृद्ध आमाको हेरचाह र दैनिक खाना खर्च सबै यही सानो व्यापारबाट चल्थ्यो । बचत गर्ने अवस्था कहिल्यै बनेन् ।

पैसाको अभावले पनि मृत्युको डर
अस्पतालमा चिकित्सकले जाँच गरेपछि थाहा भयो, अनिललाई हर्निया रोगले जटिल अवस्थामा पुर्‍याएको रहेछ । त्यसमाथि उच्च रक्तचाप र मधुमेहको समस्या पनि देखियो । तत्काल शल्यक्रिया नगरे ज्यान जोखिममा पर्न सक्ने चिकित्सकले सुझाए । तर शल्यक्रियाको खर्च कसरी जुटाउने रु चिन्ताले सतायो ।

अनिलका अनुसार त्यसबेला उनलाई आफ्नो ज्यानभन्दा पनि पैसाको चिन्ता बढी थियो । “पैसा थिएन । दुखाई खप्न पनि गाह्रो भयो । बरु मरिहाल्न पाए हुन्थ्यो भनेर आफ्नै मृत्यु पुकार्न बाध्य भए”, यति भन्दै गर्दा उनको आँखाबाट बरबर आँसु खसिरहेका थिए । अनिलको त्यो कारुणिक दृश्यलाई वरपरका अरु बिरामी र कुरुवाले पनि निहाल्दै थिए । त्यो बेला रक्तचाप अस्थिर थियो । सुगर पनि नियन्त्रणमा थिएन । शल्यक्रिया गर्दा ज्यान जान सक्ने सम्भावना पनि रहेको चिकित्सकले बताएका थिए ।

कि मरिहाल्न पाए हुन्थ्यो, कि छिटो उपचार भइदिइहाले हुन्थ्यो भन्ने घरी मनमा कुरा खेलिरहेको उनी सुनाउँछन् । शल्यक्रियाको तयारी भइरहँदा चिकित्सकले परिवारका सदस्यलाई बोलाउन भनेँ । तर अनिलले अस्वीकार गरे । “मैले भनेँ, उहाँहरूलाई नबोलाउनुस् । मरेपछि मात्रै खबर गरिदिनुस्”, त्यो क्षण सम्झँदा अहिले पनि उनी भावुक बन्छन् ।

पैसा भएको भए छटछटीमा बसेर मृत्युको पुकार
अनिल भन्छन्, “हामीसँग पैसा भएको भए किन यति ढिलो अस्पताल आउँथ्यौँ र रु गरिबलाई बिरामी पर्दा कसरी बचिएला भन्ने पीरभन्दा कसरी पैसाको जोहो गर्ने भन्ने चिन्ता हुने रहेछ ।” उनले सरकारी अस्पतालप्रति विश्वास भएकै कारण वीर अस्पताल रोजेका थिए ।

“सरकारले केही न केही त गर्ला । पैसा छैन भन्दैमा सरकारी अस्पतालका डाक्टरले आँखै अगाडि छटपटीँ छटपटीँ म मरेको कुन हृदयले हेर्न सक्लान् र रु भन्ने लाग्यो”, अनिल भन्छन् “धन्न यहाँ डाक्टरहरूले मिलेर पैसा उठाउनुभयो र शल्यक्रिया भयो । मेरा लागि उहाँहरू जिउँदो भगवान् बन्नुभयो ।”

कारुणिक दृश्यले मनै थामिएन: चिकित्सक
वीर अस्पतालका चिकित्सक डा सुशील विश्वकर्माले अनिलको त्यो कारुणिक दृश्यलाई निहालिरहेका थिए । “आवश्यक प्रक्रिया पुर्‍याउनुपर्नेलगायत कारण सबै विपन्न वर्गले नि:शुल्क उपभार पाउँदैनन् । फेरि उहाँलाई शल्यक्रिया गर्न ढिला भइसकेको थियो । के गर्नु गर्नुभयो रु”, उनी भन्छन्, “त्यो कारुणिक दृश्य धेरै बेर हेरेर बस्नै सकिएन । अनि हामी डाक्टरहरू मिलेर पैसा उठायौँ र शल्यक्रिया सुरु भयो ।”

अनिललाई अहिले ती भगवानरुपी डाक्टर नभएको भए आज बाँच्ने थिइन् भन्ने लाग्छ । उनका अनुसार शल्यक्रियापछि अस्पतालका चिकित्सकले उपचारमा सहुलियत दिलाउन पनि पहल गरेका थिए तर शल्यक्रिया सफल भए पनि अनिलको परिवारको आर्थिक संकट भने टरेको छैन । अस्पतालको बेडमा सुतेका अनिलको आँखामा गरिबीले दिएको पीडा छचल्किरहेको थियो ।

मोबाइल धितो राखेर औषधि खरिद
श्रीमान् अनिलसँग कुराकानी गरिरहँदा श्रीमती रश्मिला दमाईं मलिन अनुहार लिएर टुलुटुलु हेरेर बसिरहेकी थिइन् । श्रीमान्को भावुक शब्दले रश्मिलाको पनि आँखा रसाइरहेको थियो । श्रीमान् सुतेको बेडको दायाँपट्टि चिन्तित मुद्रामा थिइन् उनी।

अनुहारमा थकान थियो । अनि आँखामा चिन्ताले भरिएको आँसु । भविष्यको अनिश्चितता थियो । पेटमा तीन महिने बच्चा हुर्किरहेको थियो । अनिलको पहिलो श्रीमतीले छाडेपछि दुई वर्षअघि रश्मिलासँग बिहे भएको हो । “यो समयमा डाक्टरले आराम गर्न, पोषिला खानेकुरा खान भन्नुहुन्छ । हामीजस्ता गरिबका लागि यी सब असम्भव कुरा हुन्”, आँखाबाट झरेका आँसु कुर्ताको एक छेउले पुछ्दै भन्छिन्, “अहिले पनि औषधि किन्ने पैसा छैन । आफूसँग भएको मोबाइल नै नजिकैको मेडिकल पसलमा धितो राखेर औषधि ल्याएको छु । अहिले पनि त्यो मोबाइल मेडिकलमै छ ।” उहाँहरूले आफन्तसँग सम्पर्क गर्ने माध्यम पनि त्यही मोबाइल थियो । अहिले कसैलाई फोन गर्नुपरे पनि अरूको मोबाइल माग्नुपर्ने अवस्था छ ।

“श्रीमान् निको भएर घर त आउनुहोला”, उनी भन्छिन्, “तर त्यसपछि औषधि किन्ने पैसा कहाँबाट ल्याउने रुघरमा खानेकुरा पनि छैन ।” गर्भावस्थाको शरीर । अस्पतालमा नि:शुल्क उपलब्ध हुने खानाले धन्न पेट भरिन्छ तर दिउँसो केही खान मन लाग्दा किनेर खाने पैसा नभएको उनी सुनाउँछिन् । अहिले श्रीमान्को हेरचाह र फर्किएपछि बालबालिका र वृद्ध आमाको चिन्ता छुट्टै छ ।

छिमेकीको भरमा चलेको घर
अनिल अस्पतालमा छन् । परिवारको कमाउने सदस्य थलिएपछि घरमा समस्या थपिएको छ । साना छोराहरू स्कुल जान्छन् । घरमा ९० वर्षे आमा छिन् । अहिले ती परिवारका सदस्यका लागि खाना पकाउने र खर्च जुटाउने कोही छैन । यस्तो अवस्थामा घरबेटी र छिमेकीले खाना दिने गरेको रश्मिला बताउँछिन । “अहिलेसम्म छिमेकीले छोराहरू र आमालाई खाना दिइरहनुभएको छ”, उनी भन्छिन्, “काठमाडौँमा आफन्त पनि धेरै हुनुहुन्न । भएकालेहरु पनि सहयोग गर्न सक्ने स्थितिको हुनुहुन्न ।”

चार महिनाको कोठाभाडा बाँकी
दमाईंको डल्लुको एउटा सानो कोठामा बस्छ । त्यही एउटा कोठामा अनिल, रश्मिला, तीन जना छोरा र वृद्ध आमा गरी छ जनाको परिवार बस्छ । मासिक पाँच हजार रुपैयाँ कोठाभाडा तिर्नुपर्छ । अहिले चार–पाँच महिनाको भाडा तिर्न बाँकी रहेको रश्मिला बताउँछिन् । “कोठाभाडा तिर्न पनि सकेका छैनौँ”, उनी भन्छिन्, “अब घरबेटीले कहिलेसम्म पर्खिनुहुन्छ थाहा छैन ।”

अस्पतालले खाना दिएको छ । चिकित्सकले पनि सकेको सहयोग गरेका छन् । उपचार खर्चमा केही छुटसमेत भएको छ तर अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि औषधि, पोषिलो खाना र नियमित परीक्षणको खर्च कसरी जुटाउने भन्ने चिन्ता झन् ठूलो छ दमाईं दम्पतीका लागि ।

अनिल र रश्मिलाको कथा काठमाडौँमा अनौपचारिक क्षेत्रमा काम गर्ने हजारौँ श्रमिक परिवारको प्रतिनिधि कथा हो । फुटपाथ व्यापार, दैनिक ज्याला, अस्थायी श्रम वा अनौपचारिक रोजगारीमा निर्भर परिवारमा नियमित बचत हुँदैन । स्वास्थ्य बिमा नहुने, आकस्मिक खर्च धान्न नसक्ने र एउटा गम्भीर बिरामीले सम्पूर्ण परिवारलाई गरिबीको गहिरो खाडलमा धकेल्ने अवस्था सामान्य बन्दै गएको छ ।

रश्मिलाको अन्य कुनै ठूलो सपना छैन । श्रीमान् निको भएर घर चाँडो फर्किन पाए र सानोतिनो काम गरेर गुजरा मात्रै चलाउन पाए पनि हुन्थ्यो झैँ लाग्छ । “श्रीमान् निको भएर घर आउनुभयो भने बाँकी दुःख त सहुँला”, उनी भन्छिन्, “तर उहाँलाई केही भयो भने हामी सबैको जीवन नै सकिन्छ । फेरि पेटमा बच्चा हुर्किरहेको छ ।”

वीर अस्पतालको बेडमा सुतिरहेका अनिलको शरीरको घाउ केही समयपछि निको होला तर गरिबीले बनाएको घाउ भने यति सजिलै निको हुने देखिँदैन । अनिलको यो कहानी उपचार, गरिबी, रोजगारी, सामाजिक सुरक्षाको अभाव प्रतिनिधिमूलक नेपालको एउटा सशक्त दस्तावेज हो ।

नि:शुल्क उपचारमा सहजीकरण गरिने
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने नि:शुल्क उपचार सेवाको प्रभावकारी कार्यान्वयन गर्न लागिएको जनाएको छ । यसका लागि डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति तोकिएको छ ।

उनले ‘लक्षित वर्ग नि:शुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३)’ कार्यान्वयनलाई प्रभावकारी बनाउने बताए । “नि:शुल्क उपचार प्राप्त गर्न नेपाल सरकारले वितरण गरेको विपन्न परिचयपत्र, सम्बन्धित स्थानीय तहको विपन्न वा असहाय भएको सिफारिस, बेवारिसे बिरामीका हकमा नेपाल प्रहरी वा स्थानीय प्रशासनको मुचुल्का वा सिफारिसमध्ये कुनै एक प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ”, डा. जोशीले भने ।

आकस्मिक अवस्थामा आवश्यक कागजात तत्काल उपलब्ध नभए स्वघोषणा फारामका आधारमा उपचार गर्न सकिने र अस्पतालबाट ‘डिस्चार्ज’ हुनुअघि आवश्यक प्रमाण पेस गर्नुपर्ने कार्यविधिमा व्यवस्था छ । त्यसबेला पनि प्रमाण उपलब्ध नभए सम्बन्धित स्थानीय प्रशासन वा प्रहरी कार्यालयको सिफारिस तथा मुचुल्काका आधारमा प्रक्रिया टुङ्ग्याउन सकिने व्यवस्था गरिएको उनको भनाइ छ ।

यस व्यवस्थाले लक्षित वर्गलाई उपलब्ध गराइने १० प्रतिशत नि:शुल्क बेड सेवा तथा विपन्न नागरिक उपचार सहायता कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

0 Comments