२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रस्ताव मानेनौँ : गगन थापा 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सातवटै प्रदेशमा काँग्रेस, नेकपा (एमाले) र नेकपा मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारबारे ब्रिफिङ गर्दै यस्तो बताएका हुन् । उनले तत्कालीन काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्षबीच भएको समझदारीअनुसार निश्चित समयपछि काँग्रेस नेतृत्वमा रहेको प्रदेशमा एमाले र एमाले नेतृत्वमा रहेको प्रदेशमा काँग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको र सोही सहमति कार्यान्वयन गर्न खोज्दा एमालेसँग कुरा नमिलेको बताए । 

उनले प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने कुरा पार्टी, संघीयता र लोकतन्त्रका लागि उपयुक्त नभएको कारण काँग्रेसले अस्वीकार गरेको बताए । 

उनले भने ‘हामी प्रदेशमा सरकारमा छौँ । केही ठाउँमा अहिले छैनौँ । हामी नेकपा (एमाले)सँग एउटा सहमतिमा थियौँ सात वटै प्रदेशमा । मधेस प्रदेशमा विशिष्ट अवस्था थियो । त्यहाँ नेकपा, काँग्रेस र एमालेको संयुक्त सरकार थियो । पहिले आदरणीय नेता शेरबहादुर देउवा पार्टी सभापति हुँदै गर्दा उहाँ र नेकपा (एमाले)का अध्यक्षबीचमा हस्ताक्षर भएर सरकार बन्दैगर्दा खेरी निश्चित समयपछि काँग्रेस भएको ठाउँमा एमाले र एमाले भएको  ठाउँमा काँग्रेसले नेतृत्व गर्ने भन्ने सहमति भएको रहेछ । त्यही समझदारीअनुसार गर्ने भनेर हामीबीच छलफल भयो । उपसभापति विश्वप्रकाश शर्माले त्यो विषयको नेतृत्व गर्नुभएको थियो । तर हामीलाई के प्रस्ताव गरियो भने सबै प्रदेशमा काँग्रेस, एमाले र नेकपा मिलाएर संयुक्त सरकार बनाउनुपर्छ भन्ने प्रस्ताव रह्यो । त्यो प्रस्ताव हामीले मानेनौँ । प्रदेशमा अपोजिशन नै नराखि तीन पार्टी मिलेर सरकार बनाउने कुरा ठिक हुँदैन । यो पार्टी, संघीयता र लोकतन्त्रको लागि पनि ठिक छैन ।’

उनले संघीय सरकार र प्रतिपक्ष भूमिकामा रहेको प्रदेश सरकारमा कसरी अघि बढ्ने भन्नेबारेमा समेत छलफल गर्नुपर्ने बताएका छन् ।

0 Comments