२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

अ+ अ-

काठमाडौँ । ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने अनियमितता रोक्नका लागि रसुवाको गोसाईंकुण्ड गाउँपालिका-६ स्थित धुन्चे बजारमा बजार अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समितिले आकस्मिक रूपमा बजारको विशेष अनुगमन गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका जिल्ला बजार अनुगमन समितिका संयोजक द्रुव प्रसाद अधिकारीका अनुसार धुन्चे बजारमा ग्यासको अभाव देखाएर लुकाइछिपाइ राखेका छन् भन्ने स्थानीयको गुनासोका आधारमा गोसाईंकुण्ड-६ धुन्चे बजारमा समितिको नेतृत्वमा नेपाल प्रहरी तथा स्थानीय प्रशासनको सक्रिय सहभागितामा अनुगमन गरिएको हो ।

बजारमा खाना पकाउने एलपी ग्यासको उपलब्धता असहज बनाई अभाव देखाएर बढी मूल्यमा ग्यास बिक्री गर्नेलाई रोकेर उपभोक्तालाई ठगीबाट जोगाउन र व्यापारीलाई व्यावसायिक आचारसंहिता पालना गर्न सचेत गराइएको समितिका संयोजक अधिकारीले जानकारी दिए। शनिबारको बिदाका दिन उपभोक्ताको हितलाई ध्यानमा राख्दै अनुगमन टोलीले बजारका विभिन्न ग्यास डिपो तथा किराना पसलको निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा ग्यास सिलिन्डरको मौज्दात, मूल्य र बिक्री वितरणको अवस्थाबारे जानकारी लिइएको थियो । यस किसिमको अनुगमनले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिने र बजार अनुशासन कायम राख्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

0 Comments