२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीप्रति ‘प्रचण्ड’को स्वागत

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।

‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढ्नु खुसीको विषय भएको उल्लेख गर्दै यसबाट कपडा आयातमा नेपालको निर्भरता घटाउन र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सकिने विश्वास व्यक्त गरेका छन्।

उनका अनुसार आफू प्रधानमन्त्री रहेका बेला हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गरिएको थियो। त्यसकै आधारमा आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योगसहित गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानाजस्ता सार्वजनिक उद्योग पुनः सञ्चालन गर्ने विषय समेटिएको थियो।

सरकार परिवर्तनपछि अघि बढेको प्रक्रिया रोकिए पनि अहिले पुनः त्यसलाई अगाडि बढाउन खोजिनु सकारात्मक भएको प्रचण्डको भनाइ छ।

उनले सम्भावना भएका अन्य सार्वजनिक उद्योगलाई समेत आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुनर्जीवित गर्न सके मुलुकको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उल्लेखनीय योगदान पुग्ने बताएका छन्।

उत्पादन विस्तार, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई एकसाथ अघि बढाउन सार्वजनिक उद्योगहरूको पुनरुत्थान महत्वपूर्ण हुने उल्लेख गर्दै प्रचण्डले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको कामलाई परिणाममुखी रूपमा अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।

0 Comments