२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री-राजदूत भेटलाई अनावश्यक रूपमा ठूलो विषय बनाइएको कमल थापाको टिप्पणी

अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री र विदेशी राजदूतबीच हुने शिष्टाचार भेटघाटलाई अस्वाभाविक रूपमा चर्चा र विश्लेषणको विषय बनाउन नहुने बताएका छन् ।

प्रधानमन्त्रीले छिमेकी मुलुक भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेट गरेपछि राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै थापाले यस्ता भेटघाट कूटनीतिक अभ्यासको सामान्य प्रक्रिया भएको बताएका हुन् ।

प्रधानमन्त्री नियुक्त भएपछि राजदूतहरूसँग सामूहिक भेट भएको र अहिले अनुकूल समयमा छुट्टाछुट्टै भेट गरिएको उल्लेख गर्दै थापाले यसलाई ठूलो विषय बनाएर चर्चा गर्नुपर्ने कारण नरहेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री नियुक्त हुनासाथ राजदूतहरूसँग सामूहिक भेटघाट गर्नुभएको थियो, जुन स्वाभाविक नै थियो । अहिले अनुकूल समयमा उहाँहरूसँग अलग-अलग भेट्नुभएको छ, यसलाई धेरै ठूलो विषय बनाएर चर्चा गरिरहनुपर्ने कुनै कारण छैन ।’

प्रधानमन्त्रीले राजदूतहरूसँग छुट्टाछुट्टै भेट गरेपछि कतिपयले यसलाई ‘गल्ती सच्याएको’ रूपमा व्याख्या गरेको तथा कतिपयले प्रशंसा र स्याबासी दिएको भन्दै थापाले त्यस्ता टिप्पणीप्रति असन्तुष्टि जनाएका छन् । उनले यस्तो प्रवृत्तिलाई ‘हीन मानसिकताको परिणाम’ भनेका छन् ।

‘राजदूतहरूको काम नै सम्बन्धित देशका मन्त्री र प्रधानमन्त्रीसँग भेटघाट गर्नु हो,’ थापाले लेखेका छन्, ‘राजदूतले मन्त्री वा प्रधानमन्त्रीलाई भेटेको विषयलाई राष्ट्रिय महत्वको समाचार बनाउने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’

कूटनीतिक मर्यादा र आवश्यकताअनुसार प्रधानमन्त्री, मन्त्री तथा विदेशी कूटनीतिक प्रतिनिधिबीच भेटघाट भइरहने भन्दै थापाले यस्ता भेटलाई सामान्य कूटनीतिक प्रक्रियाका रूपमा लिनुपर्ने धारणा राखेका छन् ।

0 Comments