२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फरार चार प्रतिवादी पक्राउ

अ+ अ-

रुपन्देही । जिल्ला प्रहरी कार्यालयले अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका प्रतिवादीको खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा चोरी मुद्दामा शुद्धोधन गाउँपालिका–७ खुनगाउँका विशाल थारू रहेका छन् । उनलाई अदालतले दुई महिना चार दिन कैद सजाय सुनाएको थियो ।

त्यस्तै, जबर्जस्ती करणी उद्योग मुद्दामा शुद्धोधन गाउँपालिका–६ बेलहियाका रामदरस लोहार पक्राउ परेका छन् । उनलाई अदालतले एक वर्ष पाँच महिना छ दिन कैद र रु. १५ हजार जरिवाना तोकेको थियो ।

चोरी मुद्दामा सियारी गाउँपालिका–८ छपियाका गणेश मल्लाह पक्राउ परेका छन् । उनलाई अदालतले दुई महिना कैद र रु १० हजार जरिवाना तोकेको थियो ।

सोही मुद्दामा शुद्धोधन गाउँपालिका–५ रजाडका सुन्दर केवट भनिने वासुदेव केवट पनि पक्राउ परेका छन् । उनलाई अदालतले दुई महिना तीन दिन कैद र रु. छ हजार जरिवाना तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका प्रतिवादीलाई सम्बन्धित अदालतमा पेस गरिएको छ । जिल्ला प्रहरीले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।

0 Comments