२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माता अन्नपूर्ण मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार

अ+ अ-

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा गए राति आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा अलपत्र परेका तीन जनाको आज सकुशल उद्धार गरिएको छ । 

उद्धार टोलीको समयमै परिचालन डोरी र विशेष उद्धार उपकरणबाट गरिने उद्धार ‘रोप रेस्क्यु’ प्रविधिको प्रयोगबाट मन्दिरमा अलपत्र परेका तीनै जनाको सकुशल उद्धार सम्भव भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए। 

उद्धार गरिएकाहरूमा पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित विरेठाँटी माध्यमिक विद्यालयमा कार्यरत ३० वर्षीय शिक्षक रेवन्तप्रसाद सिंह र मन्दिरका पुजारी ५२ वर्षीय निर्माण गिरी छन् । अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमास्थित नयाँपुल–विरेठाँटी सडकखण्ड नजिकै मोदीखोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बाढी पसेपछि उनीहरू अलपत्र परेका थिए । 

बाढीले मन्दिरमा आवतजावत गर्न प्रयोग हुँदै आएका कास्की र पर्वततर्फका दुई वटा पुलसमेत बगाउनुका साथै मन्दिरको केही भागमा क्षति पुर्‍याएको थियो । खोलाको बहाव तीव्र भएपछि मन्दिरमा रहेका तीन जनाको तत्काल उद्धार आवश्यक परेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको उद्धार टोली परिचालन गरिएको सहायक प्रजिअ बरालले जानकारी दिए। 

घटनाबारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वार्टर कालिकाबाट सशस्त्र प्रहरी नायब निरीक्षक शरणबहादुर खड्काको नेतृत्वमा १३ जनाको रोप रेस्क्यु तथा गोताखोर टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ परिचालन भएको थियो । नेपाल प्रहरीको वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा १६ जनाको टोलीसमेत उद्धारमा खटिएको प्रहरीले जनाएको छ । 

बाढीका कारण अन्नपूर्ण गाउँपालिकाको नयाँपुल–घान्द्रुक सडकखण्डका विभिन्न स्थानमा करिब ३०० देखि ४०० मिटर सडकसमेत बगेको छ । सडक बगेपछि उक्त सडकखण्डमा यातायात आवागमन अवरुद्ध भएको छ । 

यसैगरी नयाँपुल क्षेत्रमा रहेको विद्युत् पोलसमेत बाढीले बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन् । बाढीका कारण सडक तथा विद्युत् पूर्वाधारमा क्षति पुगेपछि स्थानीय क्षेत्रमा जनजीवन प्रभावित भएको छ । घटनाको विस्तृत क्षति विवरण संकलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनको काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ । 

0 Comments