काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले स्वतन्त्र न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षले प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको बताएका छन् ।
शुक्रवार नेपाल बार एसोसिएसनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
उनले स्वतन्त्र, सक्षम र अनुभवी कानून व्यवसायी हुँदा मात्रै न्यायपालिकाले प्रभावकारी रूपमा कार्यसम्पादन गर्न सक्ने समेत बर्ताए । उनले वित्तीय अपराध, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणजस्ता विषयमा कानून व्यवसायी तथा न्यायकर्मीमा ज्ञानको कमी हुन नदिन जर्नल प्रकाशनलाई प्राथमिकता दिनुपर्ने समेत बताए। न्यायाधीश ढुंगानाले विधायिकाले वित्तीय अपराध, भ्रष्टाचार र सम्पत्ति सुद्धी करणसम्बन्धी कानून निर्माण गरिरहेको भएपनि अपराधका अवधारणाबारे कानून व्यवसायी तथा न्यायधीशहरुमा ज्ञानको कमी हुने गरेको बताए ।
उनले न्यायपालिकालाई अझै परिष्कृत र न्यायपालिकामाथिको नागरिकको विश्वास बढाउन सबै पक्षले जिम्मेवारपूर्ण भूमिका खेल्न आवश्यक रहेको पनि बताए । उनले सर्वोच्च अदालतले एकदमै अनुशासित र व्यावसायिक निपूर्णताका साथ काम गरिरहेको समेत बताए ।
उनले भने, ‘हामीले इजलासमा एकदमै अनुशासित रूपमा तयारी र व्यावसायिक निपूर्णताका साथ काम गर्ने गरेका छौँ । अनुभवी र सक्षम कानून व्यवसायी हुँदा नै इजलासले राहतको महसुस गर्दछ । त्यसकारण यो विशेष अदालत बार एशोशिएशन गठनलाई मैले वित्तीय अपराध, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण लगायतलाई हामीले नर्मलाइज गरिरहेका छौँ । विधायिकाले काम गरिरहेको छ । तर हामी न्यायकर्मीहरु ती हरेक अपराधको अवधारणा, त्यसको पछिल्लो विकासको कुरामा अल्पज्ञान रहिरहेका हुन्छौँ । तसर्थ कानुन व्यवसायी तथा न्यायकर्मीहरूमा रहको अल्पज्ञानको डिफिसियन्सीलाई पूर्ति गर्न यस्ता खालका जर्नल तथा वेबसाइटहरूले हामीलाई एकदमै मद्दत पुर्याउँछन् । त्यसकारण आज सार्वजनिक भएको विशेष अदालत जर्नलमा आर्थिक अपराध र भ्रष्टाचारसँग सम्बन्धित कुराहरू र अहिलेको क्रृतिम बौद्धिकता (एआई) कुरा र फैसलामा भएका महत्त्वपूर्ण कुराहरूलाई समेत समेटेर आएको यसले सहयोग पुग्नेछ । हाम अग्रजहरूले हामीलाई स्वतन्त्र न्यायपालिकाको जिम्मा लगाउनुभएको छ । द हामीले यी संस्थाहरूलाई यही रूपमा अझै गुणात्मक रूपमा परिष्कृत गर्दै न्यायपालिकालाई अझै जनताको अधिकारको कुरामा केन्द्रित हुनसक्ने र समुन्नत न्यायपालिका र समुन्नत बारको रूपमा विकसित गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने हाम्रो कर्तव्य हो । त्यसमा हामी सबै लागौँ ।’
उनले न्यायपालिको कार्यसम्पादनलाई अझै प्रभावकारी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।






