३० श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नूर-गंगा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत

अ+ अ-

काठमाडौँ । नूर-गंगा प्रतिभा पुरस्कार गुठीले साहित्य तथा लोकगीत गायनका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका विभिन्न साहित्यकार तथा स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

गुठीले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद आर्यलाले विभिन्न साहित्यिक विधामा योगदान पुर्‍याएका १० जना स्रष्टालाई नगदसहित पुरस्कार प्रदान गरे।

कार्यक्रममा नूर–गंगा बालसाहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा रु एक लाखको पुरस्कारबाट लमजुङका मुक्तिनाथ शर्मा न्यौपाने र स्याङ्जाका देवीप्रसाद वनवासीलाई जनही रु. ५०–५० हजार प्रदान गरिएको छ ।

त्यसैगरी नूर–गंगा लोकगीत गायन राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा रु एक लाखको पुरस्कारबाट स्याङ्जाका क्षेत्रबहादुर गुरुङ र कास्कीका पूर्ण नेपालीलाई जनही रु. ५०–५० हजार प्रदान गरिएको छ ।

यस्तै नूर–गंगा साहित्य क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट रुपन्देहीका वनमाली निराकारलाई रु ५० हजार तथा नूर–गंगा लोकगीत गायन क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट नवलपरासीका पदमध्वज केसीलाई रु. ५० हजार प्रदान गरिएको छ ।

नूर–गंगा साहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट ललितपुरकी आँचल श्रेष्ठलाई रु. ३० हजार तथा नूर–गंगा लोकगीत गायन राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट नवलपुरका अर्जुन सापकोटालाई रु. ३० हजार प्रदान गरिएको गुठीले जनाएको छ ।

सोही अवसरमा साहित्यकार रामबाबु नेपाल, कमलराज पौड्याल तथा प्रा. डा. सावित्री कक्षपतिलाई समेत सम्मान गरिएको थियो ।

पुरस्कार तथा सम्मानबाट सम्मानित स्रष्टाहरूले साहित्य तथा लोकगीतका क्षेत्रमा आफूहरूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरेकोमा खुसी व्यक्त गरे । उनीहरूले यस्ता पुरस्कार तथा सम्मानले नेपाली साहित्य र लोक साहित्यको क्षेत्रमा नयाँ पुस्तालाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

0 Comments