३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा घर भई ललितपुर महानगरपालिका–१ बस्ने ४३ वर्षीय हर्षनारायण चौधरी, म्याग्दी घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ४१ वर्षीय पदमबहादुर खड्का क्षेत्री र सप्तरी घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ४८ वर्षीय शिवनारायण चौधरी रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामध्ये हर्षनारायण चौधरीले इजरायल पठाइदिने भन्दै रु. पाँच लाख, पदमबहादुर खड्का क्षेत्रीले अमेरिका पठाइदिने भन्दै रु. तीन लाख १० हजार तथा शिवनारायण चौधरीले अजरबैजान पठाइदिने भन्दै रु. २२ लाख ४६ हजार रकम लिएको पीडितको आरोप छ ।

विदेश पठाइदिने भन्दै रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ । 

वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र सहज रूपमा विदेश पठाइदिने प्रलोभन देखाएर ठगीका घटना बढ्दै गएकाले सम्बन्धित निकायले वैदेशिक रोजगारसम्बन्धी कारोबार गर्दा म्यानपावर कम्पनी तथा व्यक्तिको आधिकारिकता जाँच गर्न आग्रह गर्दै आएको छ ।

0 Comments