१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

अ+ अ-

काठमाडौँ । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो, सडक भासिने तथा नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीद्वारा आज यहाँ जारी सूचनाका  अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधनको आवतजावत रोकिएको छ । बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म भने यातायात सञ्चालन गर्न दिइनेछ ।

त्यसैगरी, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलामको मेची राजमार्ग इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्ग भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि तथा सोही गाउँपालिका–२ लिपीङमा सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको पासाङ ल्हामु सडकखण्ड उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि अवरुद्ध भएको छ । त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी जाने सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।

रुकुम पश्चिमको भेरी करिडोर आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडकखण्डले जाजरकोट–डोल्पा जोड्छ । त्यस्तै, सङ्खुवासभाको कोशी राजमार्ग भोटखोला गाउँपालिका–३ सिरेकडाँडामा करिब १० मिटर सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षाका कारण खाँदबारी–किमाथाङ्का सडकखण्डमा सडक भासिएको प्रहरीले जनाएको छ ।

लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा सडक माथिबाट पहिरो खसेपछि अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात ठप्प भएको हो । यसैगरी, म्याग्दीको बेनी–जोमसोम सडकखण्ड अन्नपूर्ण गाउँपालिका–३ रुक्सेमा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लगातारको वर्षाका कारण पहाडी तथा हिमाली जिल्लाका सडकमा पहिरो, सडक भासिने तथा नदी कटानको जोखिम बढेकाले प्रहरीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त सडकखण्डमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । 

0 Comments