१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान, बुधवार साँझ उद्घाटन गर्ने तयारी

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने ७ दशमलव ९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ ।

महानगर प्रमुख चिरिबाबु महर्जनका अनुसार बालकुमारीदेखि बल्खु हुँदै सानेपासम्मको चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट प्रणाली जडान गरिएको हो ।

स्मार्ट स्ट्रिट लाइट प्रणाली नेपालमै पहिलो पटक ललितपुर महानगरपालिका उनले दाबी गरे। स्मार्ट स्ट्रिट लाइट प्रणालीको जडान कार्य सम्पन्न भइसकेकोले अब उद्घाटनको तयारी गरिएको उनले जानकारी दिए । उनका अनुसार बुधवार बेलुका बालकुमारी पुलबाट बत्ती बालेर स्मार्ट स्ट्रिट लाइटको औपचारिक शुभारम्भ गरिनेछ ।

महानगरले सोमबार आयोजना गरेको चिकित्सकसहितको एम्बुलेन्स सेवा शुभारम्भ कार्यक्रममा उनले उक्त जानकारी दिएका हुन । महानगरपालिकाले चक्रपथबाहेक महानगरभित्रका मुख्य सडकहरूमा समेत स्मार्ट स्ट्रिट लाइट जडान गरिसकेको महर्जनले जानकारी दिए। चक्रपथ क्षेत्रमा बत्ती सञ्चालनमा आएपछि ललितपुर महानगरपालिका रातको समयमा समेत थप उज्यालो र सुरक्षित देखिने उनको भनाइ छ । स्मार्ट स्ट्रिट लाइट सञ्चालनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट रातिको समयमा अवतरण गर्ने यात्रुले दक्षिणतर्फबाट हेर्दा देखिने उज्यालो सहर ललितपुर महानगर हुने उनको दाबी छ ।

उनले भने, ‘ललितपुर महानगरपालिकामा ७ दशमलव ९ किलोमिटर चक्रपथ पर्छ । त्यो ७ दशमलव ९ किलोमिटर चक्रपथ भनेको बालकुमारी देखि बल्खुसम्म सानेपासम्म हो । यहाँ हामीले स्मार्ट स्ट्रिट लाइट नेपालमा हामीले ल्याएका हौँ, यो स्मार्ट स्ट्रिट लाइट हामीले इन्स्टल गरिसक्यौँ र भोलि छाडी पर्सि बेलुकी ७ बजे हामीले बालकुमारीको पुलबाट बटन दबाएर यो बत्ती हामी बाल्छौँ । त्यसपछि ललितपुर महानगरपालिका एकदमै उज्यालो हुन्छ । अहिले नै हामीले स्मार्ट स्ट्रिट लाइट भित्र तिर मुख्य मुख्य सडक सबैमा राखिसकेका छौँ । अब त्यो बत्ती पनि बलीसकेपछिको अवस्थामा कोही पनि रात्रिकालीन अवस्थामा हवाई जहाजबाट त्रिभुवन इन्टरनेसनल एयरपोर्टको रनवे जिरो टु २० मा चाहिँ ल्यान्डिङ गर्न दक्षिण तिरबाट छिर्नुभयो र मुन्तिर यसै हेर्नुभयो भने देखि जुन सहर उज्यालो हुन्छ, त्यो ललितपुर महानगरपालिका हुन्छ ।’

महानगरपालिकाले स्मार्ट स्ट्रिट लाइटलाई शहरी पूर्वाधार र रात्रिकालीन सुरक्षा सुधार गर्ने योजनाका रूपमा अघि बढाएको जनाएको छ ।

0 Comments