२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी-घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

अ+ अ-

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि सुरु हुने भएको छ ।

अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । मोदी खोलाको कटानका कारण वीरेठाँटीमा करिब १०० मिटर कालोपत्र सडक बगाएको छ । बाढी र पहिराले गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत भौतिक क्षति पुर्‍याएको छ । 

विशेषगरी वीरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढी पहिरोले क्षति पुर्‍याएको गाउँपालिकाले जनाएको छ । मुख्य सडकमा क्षति पुगेपछि स्थानीयको दैनिक आवतजावतसँगै पर्यटकीय गतिविधि प्रभावित बनेका छन् । वीरेठाँटीस्थित पुल नजिकै सडक संरचनामा क्षति पुगेको छ भने कतिपय स्थानमा सडक पूर्ण रूपमा बगाएको छ ।

सडक पुनर्निर्माणका लागि नेपाली सेनाले १०० जना जनशक्ति परिचालन गर्ने भएको छ । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने तयारी गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए ।

उनका अनुसार नेपाली सेनाले जनशक्ति उपलब्ध गराउनेछ भने प्रदेश सरकारले आवश्यक तारजाली उपलब्ध गराउनेछ । गाउँपालिकाले जेसिबी र ढुंगा उपलब्ध गराउने तयारी गरेको छ । 

“बाढीले सडक बगाउँदा गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । चाडपर्व र पर्यटकीय मौसम सुरु हुन लागेकाले लामो समय सडक अवरुद्ध हुन दिनुहुँदैन भनेर तत्काल मर्मतको काम अघि बढाएका हौँ । आजदेखि सडक सञ्चालनका लागि काम सुरु हुन्छ । यसमा प्रदेश सरकार र नेपाली सेनाको महत्त्वपूर्ण सहयोग रहनेछ ।” अध्यक्ष केसीले भने । गाउँपालिकाले विपद्बाट भएको क्षति व्यवस्थापन तथा मर्मत–पुनर्निर्माणका लागि विपद् व्यवस्थापन समिति गठन गरेको छ । 

उक्त समितिमार्फत राहत, पुनर्निर्माण तथा सहयोग जुटाउने काम गरिने गाउँपालिकाले जनाएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिले सहयोगको घोषणा गरिसकेको अध्यक्ष केसीले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पुनर्निर्माणका लागि रु. २० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

वीरेठाँटी घान्द्रुक, छुम्रुङ र अन्नपूर्ण आधार शिविर (एबिसी) जाने प्रमुख प्रवेशमार्ग हो । त्यस्तै, वीरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने महत्त्वपूर्ण पर्यटकीय मार्गसमेत यही क्षेत्रबाट सञ्चालन हुँदै आएको छ ।

0 Comments