२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभाको शून्य समय: वैदेशिक रोजगारदेखि स्वास्थ्य र सुशासनसम्मका विषयमा सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । सांसदहरूले वैदेशिक रोजगारमा देखिएका विकृति, स्वास्थ्य क्षेत्रको दयनीय अवस्था, अनलाइन ठगी र सुशासन जस्ता जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद बलावती शर्माले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकहरूले भोग्नुपरेको समस्याप्रति चिन्ता व्यक्त गरिन्। दैनिक रूपमा नेपालीहरूको शव स्वदेश भित्रिने क्रम नरोकिएको र वैदेशिक रोजगार विभागमा करिव ४६ हजार ठगीका उजुरीहरू अलपत्र परेको भन्दै उनले मुलुकी ऐन र वैदेशिक रोजगार ऐनमा तत्काल संशोधनको माग गरिन् । ठगीको अनुसन्धान गर्ने अधिकार जिल्ला प्रशासन वा प्रहरीलाई दिनुपर्ने र अदक्ष नभई सीपयुक्त जनशक्तिलाई मात्र श्रम स्वीकृति दिनुपर्ने उनको सुझाव छ ।

स्वास्थ्य क्षेत्रको बेथिति औँल्याउँदै सांसद वसुमाया तामाङले सरकारी अस्पतालमा बिरामीले भुईँमा बसेर उपचार गराउनुपर्ने र पहुँचका आधारमा मात्र सेवा पाउने अवस्था रहेको बताइन् । गरिब नागरिकले अस्पतालमा दुर्व्यवहार सहनु नपर्ने वातावरण सिर्जना गर्न र अस्पतालको व्यवस्थापनमा सुधार ल्याउन उनले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइन् । सांसद वासना थापाले कर्णालीका नागरिकले सामान्य औषधि र राहत नपाइरहेको अवस्थामा मन्त्रीहरूको भ्रमण र उपचारका लागि राज्यकोषबाट लाखौँ खर्च हुनु अन्यायपूर्ण भएको टिप्पणी गरिन् । उनले राज्यको नजरमा मन्त्री र सामान्य नागरिकको जीवन उत्तिकै मूल्यवान् हुनुपर्नेमा जोड दिइन् ।

पछिल्लो समय बढ्दै गएको प्रविधिको दुरुपयोग र अनलाइन ठगीका विषयमा सांसद विना गुरुङले सरकारको ध्यानाकर्षण गराइन् । सामाजिक सञ्जालमार्फत सामान अर्डर गर्दा रकम लिएर सम्पर्कविहीन हुने ‘अनलाइन स्टोर’हरूलाई नियमन र कानुनी दायरामा ल्याउन उनले माग गरिन् ।

विपद् व्यवस्थापन र स्थानीय पूर्वाधारका सम्बन्धमा सांसद बुद्धरत्न महर्जन र बुद्धिप्रसाद पन्तले आ–आफ्ना धारणा राखे । सांसद महर्जनले विपद्को समयमा तत्काल परिचालन हुन सक्ने बजेट र संयन्त्रको व्यवस्था हुनुपर्ने माग गरे भने सांसद पन्तले स्थानीय तहमा सडक, विद्यालयका डेस्क–बेन्च र पंखाजस्ता सामान्य पूर्वाधारको अभावले सर्वसाधारण र विद्यार्थीले सास्ती खेप्नुपरेको बताए ।

अछामको विकटता र स्वास्थ्य सेवाको अभावबारे बोल्दै सांसद भरतकुमार स्वाँरले बयलपाटा अस्पतालको प्रभावकारिता र दुर्गममा औषधिको उपलब्धता सुनिश्चित गर्न माग गरे । अर्का सांसद भरतबहादुर खड्काले दिपायल सिलगढीमा निर्माणाधीन ५० बेडको सरुवा रोग अस्पतालको प्रसंग उल्लेख गरे ।

सांसद भरतप्रसाद पराजुलीले सरकारका सकारात्मक कामको समर्थन गर्नुपर्ने बताए । प्रधानमन्त्री र मन्त्रीहरू विकास निर्माणको अवलोकनका लागि फिल्डमा खटिएको अवस्थामा आलोचना मात्र गर्नुभन्दा रचनात्मक सहयोगको संस्कृति विकास गर्नुपर्नेमा उनले जोड दिए ।

0 Comments