२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको सांसद केरुङको आरोप

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकार जनसरोकारका विषयमा संवेदनशील नभएको र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केरुङले देशभर फैलिएको प्राकृतिक विपद्, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका हुन् ।

बैठकमा विशेष समय लिएर बोल्दै सांसद केरुङले जाजरकोट, बाजुरा, रोल्पा लगायतका जिल्लामा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गरे ।

उनले प्रस्तुत गरेको तथ्यांक अनुसार २०८३ वैशाख १ गतेदेखि साउन ३१ गतेसम्म देशभर ४ हजार ६८१ विपद्का घटनाहरू भएका छन् । जसमा २ सय ४७ जनाले ज्यान गुमाएका छन् भने १५ जना अझै बेपत्ता छन् । सोही अवधिमा १ हजार ४६३ जना घाइते भएको र ५ हजार ७०९ परिवार प्रत्यक्ष प्रभावित भएको उहाँले सदनलाई जानकारी गराए ।

विपद्को यस्तो भयावह स्थितिमा पनि सरकार गम्भीर नभएको टिप्पणी गर्दै उनले भने, ‘नागरिकले ज्यान गुमाइरहेका छन्, घरबस्ती बगिरहेका छन् तर सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छ ।’

उनले सरकार विपद् व्यवस्थापनमा लाग्नुको साटो सत्ताको खिचातानी र सचिवालयको आन्तरिक काममा मात्र व्यस्त रहेको आरोप लगाए । सांसद केरुङले सुकुम्वासी बस्तीमाथि राज्यले चरम लापरबाही गरेको र भक्तपुरको होल्डिङ सेन्टरमा हिरा मिजार दुसाधले आत्महत्या गरेको घटनाले सरकारको संवेदनहीनता पुष्टि गरेको बताए ।

साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले प्रहार गरिरहेको भन्दै उनले भर्त्सना गरे । पत्रकारलाई धम्क्याउने, सिंहदरबार प्रवेशमा कडाइ गर्ने र सञ्चार गृहमा तोडफोड गर्ने जस्ता कार्यले लोकतन्त्रको उपहास गरेको उनको ठहर छ ।

0 Comments