२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. बस्नेत, उपाध्यक्षमा डा. महोत्रा नियुक्त 

अ+ अ-

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत र उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा नियुक्त भएका छन्।

नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

परिषद्को सदस्यमा गणेश दंगाल, सन्तोषकुमार ठाकुर, सतिसकुमार देव, धर्मागत भट्टराई र रबा थापा नियुक्त भएका छन्।

नवनियुक्त अध्यक्ष बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानको महाराजगन्ज मेडिकल क्याम्पसस्थित बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छन्।

वरिष्ठ बालरोग विशेषज्ञ, प्राध्यापक तथा अनुसन्धानकर्ताका रूपमा परिचित उनले भारतको युनिभर्सिटी अफ कलकत्ताबाट एमबीबीएस र त्रिभुवन विश्वविद्यालयबाट बालरोगमा एमडी गरेकी छन्। उनले नर्वेको युनिभर्सिटी अफ बर्गेनअन्तर्गत सेन्टर फर इन्टरनेसनल हेल्थबाट पीएचडी गरेकी छन्।

उपाध्यक्ष महोत्रा त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज मेडिकल क्याम्पसमा क्लिनिकल फिजियोलोजी विषयका प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छन्।

उनले चिकित्सा शास्त्र अध्ययन संस्थानबाट क्लिनिकल फिजियोलोजीमा एमडी र एमबीबीएस तथा जनरल मेडिसिनमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेका छन्।

महोत्राले यसअघि परिषद्को नैतिक समीक्षा समितिमा रहेर स्वास्थ्य अनुसन्धानसम्बन्धी कामसमेत गरेका छन्।

नयाँ पदाधिकारी तथा सदस्यको नियुक्तिसँगै परिषद्को नेतृत्व पुनर्गठन भएको छ। नयाँ नेतृत्वले स्वास्थ्य अनुसन्धानको गुणस्तर र प्रभावकारिता बढाउँदै त्यसबाट प्राप्त प्रमाण तथा निष्कर्षलाई स्वास्थ्य नीति र सेवासँग जोड्ने अपेक्षा गरिएको छ।

0 Comments