काठमाडौँ । भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठ पोखरा पुगेका छन्।
भ्रमणका क्रममा उनले पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजना गरिने विशेष कार्यक्रममा भारतीय भूतपूर्व सैनिक तथा तिनका परिवारसँग भेटघाट गरी सम्बोधन गर्ने कार्यक्रम छ। सोही कार्यक्रममा भारतीय सेनामा सेवा गर्दा घाइते भएका भूपू सैनिकहरूलाई अपांगतामैत्री स्कुटरसमेत वितरण गरिने जनाइएको छ।
केही समयअघि भारत सरकारको अग्निपथ योजनाअन्तर्गत हुने अग्निवीर भर्तीलाई लिएर भूपू सैनिकहरूले पोखरामा विरोध प्रदर्शन गरेका थिए।






