४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनद्वारा चन्द्र अन्वेषण अभियान ‘चाङ’ई–७’ प्रक्षेपणको तयारी तिब्र

अ+ अ-

चीन । चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान ‘चाङ’ई-७’ लाई उपयुक्त समयमा प्रक्षेपण गर्ने तयारी पूरा गरेको छ ।

 चीनको म्यान्ड स्पेस एजेन्सीका अनुसार यस मिसनका लागि आवश्यक सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेका छन् । एजेन्सीले दिएको जानकारीअनुसार चाङ ई–७ चन्द्रयान र लङ मार्च–५ वाई १४ वाहक रकेटको संयोजनलाई बुधवार दक्षिण चीनको हेनान प्रान्तस्थित वेनचाङ स्पेसक्राफ्ट लन्च साइटको प्रक्षेपण क्षेत्रमा ठाडो गरी स्थानान्तरण गरिएको छ । 

उक्त चन्द्रयान र रकेटलाई क्रमशः गत अप्रिल र जुलाई महिनामा प्रक्षेपण स्थलमा पुर्‍याइएको थियो । हालसम्म यिनीहरूको जडान र परीक्षणको कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ । सीएमएसएकाअनुसार प्रक्षेपण स्थलमा रहेका सम्पूर्ण भौतिक पूर्वाधार र उपकरणहरू सुचारु अवस्थामा छन् । प्रक्षेपण पूर्व गरिने प्राविधिक जाँच, संयुक्त परीक्षण र इन्धन भर्ने कार्यहरू निर्धारित तालिका अनुसार नै अघि बढाइनेछ । 

चाङ ई–७ मिसनको मुख्य लक्ष्य चन्द्रमाको सतहमा उच्च–सटिकताका साथ सफ्ट ल्यान्डिङ गर्ने, चन्द्रमामा हिँड्ने र उफ्रने जस्ता अत्याधुनिक प्रविधिहरूको सफल परीक्षण गर्नु रहेको छ । साथै, यसले चन्द्रमाको सतहमा सधैँ छाया पर्ने क्रेटरहरूको विशेष अन्वेषण गर्ने उद्देश्य राखेको छ । 

यस अभियानले चन्द्रमाको दक्षिणी ध्रुवमा वातावरणीय र प्राकृतिक स्रोतहरूको सर्वेक्षणका लागि कक्षमा परिक्रमा, अवतरण, सतहमा गुड्ने र उफ्रने जस्ता बहुआयामिक विधिहरू अवलम्बन गर्नेछ । यस वैज्ञानिक मिसनमा अन्तर्राष्ट्रिय सहयोग र साझेदारी समेत रहने एजेन्सीले जनाएको छ ।

0 Comments