४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पछिल्लो चार महिनामा धेरै गाली खाएँ, विष सरह पचाएर देशको हितको लागि अगाडि बढेको छुँ’ : अर्थमन्त्री वाग्ले

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोकरिझ्याइँका लागि सेयर बजारलाई कृत्रिम रूपमा उचालेर फेरि गिराउने नीति सरकारको नरहेको बताएका छन् । 

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले नियमन, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर सेयर बजारलाई व्यवस्थित बनाउने नीतिअनुरूप सरकारले काम गरिरहेको बताए । उनले सेयर बजारमा हुने गतिविधिलाई स्वच्छ र नियमनकारी संरचनाभित्र राख्दै आम लगानीकर्ताको लगानी सुरक्षित गर्ने सरकारको नीति रहेको बताए । उनले साना लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राखेर नियामकीय सुधारका कामहरू अघि बढाइएको समेत बताए । अर्थमन्त्री वाग्लेले सेयर बजारसम्बन्धी सरकारले लिएको नीतिका कारण पछिल्लो चार महिनामा आफूले व्यापक रूपमा आलोचना र गाली सहनुपरेको समेत बताए । उनले लोकप्रिय भन्दा मुलुकको अर्थतन्त्रमा दीर्घकालीन रूपमा सुधार हुने गरी कार्य भइरहेको समेत बताए। उनले अबको एक हप्तापछि चालु आर्थिक वर्षको बजेटमा सेयर बजारसम्बन्धी घोषणा गरिएका सुधारका विषयहरू कार्यान्वयनको चरणमा प्रवेश गर्ने उनको दाबी छ । फरक प्रसंगमा बोल्दै उनले एक सय रुपैयाँमाथिको समानमा भन्सार कर रास्वपा सरकार नलगाएको जिकिर गरे । उनले यसअघिकै सरकारहरूको पालामा बनेको नीतिअनुसार भन्सार महसुल लिँदै आएको बताए । उनले मधेशमा नेपाली नागरिकले भोगिरहेको समस्याबारे सरकार जानकार रहेको भन्दै नागरिकलाई दुःख नदिने र कतिपय कुरामा सरकार उदार हुने बताए । यद्धपी अवैध व्यापार तथा तस्करी नियन्त्रणका लागि निर्ममतापूर्वक प्रस्तुत हुने सरकारको नीति रहेको बताए ।

उनले भने, ‘आम मधेशी दाजुभाइ दिदिबहिनीहरुलाई दुःख नदिने, सानातिना कुरामा उदार भइदिने तर अवैध व्यापार तस्करीप्रति निर्मम हुने नीतिअनुसार हामी अघि बढेका छौँ । मधेशमा आम नागरिकले झेलिरहेको समस्या तपाईंहरुले पनि सुझाउनुहोला । गृहमन्त्रीजीले प्रहरी प्रशासन र अर्थमन्त्रीले भन्सार प्रशासनलाई कसरी जनमैत्री बनाउँदै लैजाने भन्ने कुरामा हामी तपाईँको सुझावको आधारमा अघि बढ्न चाहन्छु । विगत पाँच, छ वर्ष अझ कोरोना भाइरस महामारीपछि जसरी नेपाली अर्थतन्त्र चलेको थियो, जसरी कर्जा प्रवाह गरियो, प्रवाह भएको कर्जा कस्तो क्षेत्रमा लगानी गर्न लगाइए रु वा लगानी भन्ने कुराको गम्भीर विश्लेषण गर्नुभयो भने हामी सही ठाउँमा थिएनौँ । त्यसलाई कोर्ष करेक्सन गरेर दिगो बाटोतिर लैजानु एउटा बलियो र जिम्मेवार सरकारको दायित्व हुन्छ । हामी दुई महिनाको लागि लोकरिझ्याइँको सेयर बजारलाई कृत्रिम ढंगले ह्वात्तै माथि उछालेर बम्प गरेर फेरी डम्प गर्नको लागि यो सरकार आएको होइन । सरकारले स्वच्छ र नियमनकारी खाकाभित्र बाँधेर आम लगानीकर्ता अझ साना लगानीकर्ताको लगानीको रक्षा गर्दै अगाडि जाने हाम्रो नीति हो । यसको लागि यो चार महिना यहाँहरूले मलाई गाली गर्नुभएको छ । मैले त्यो सबैलाई विष सरह पचाएर देशको हितको लागि अगाडि बढेको छु । त्यसकारण एउटा सक्षम व्यक्तिलाई नियमाकीय निकायको अध्यक्ष बनाएर लिएर आएको छु । मैले आशा गरेको छु, अर्को एक हप्तापछि धमाधम बोर्डको बैठकहरू बस्दै बजेटमा बोलिएका सुधारहरू कार्यान्वयनतिर जान्छन् ।’

मधेशका नागरिकले भोगिरहेको सुरक्षा र सीमा व्यापारको समस्या सम्बोधन गर्न प्रहरी प्रशासन र भन्सार प्रशासनलाई जनमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

0 Comments