५ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि छानबिन हुने काँग्रेस अनुशासन समितिको चेतावनी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान, पद्धति र मर्यादा विपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तालाई छानबिन गरी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ।

शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको समिति बैठकपछि संयोजक तारामान गुरुङले पार्टीको विधि र मर्यादा उल्लंघन गर्ने जोसुकैमाथि विधानबमोजिम कारबाही हुने बताएका हुन्।

उनका अनुसार गत आमनिर्वाचनका क्रममा भएका भनिएका अनुशासन उल्लंघन र अन्तर्घातसम्बन्धी सात सय ५४ वटा उजुरी विभिन्न जिल्लाबाट प्राप्त भएका छन्। समितिले ती उजुरीमाथि छानबिन गरिरहेको र अधिकांश उजुरी किनारा लगाउने चरणमा पुगेको उनले बताए।

समितिले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया सुरु हुनुअघि नै सबै उजुरीको निर्णय गरिसक्ने लक्ष्य राखेको छ। वडा अधिवेशनअघि अनुशासनसम्बन्धी विषय टुङ्ग्याएर पार्टी शुद्धीकरण गर्ने पक्षमा समिति रहेको गुरुङको भनाइ छ।

शशांकको संयोजकत्वमा भएको भनिएको भेलामाथि चासो
समितिले डा। शशांक कोइरालाको संयोजकत्वमा भएको भनिएको भेला र त्यहाँ निवर्तमान सभापति शेरबहादुर देउवालाई ‘सभापति’ लेखिएको नेमप्लेट राखेर स्वागत गरिएको विषयमा चासो व्यक्त गरेको छ।

गगन थापा नेतृत्वको कार्यसमिति आधिकारिक रहेको अवस्थामा निवर्तमान सभापतिलाई वर्तमान सभापतिका रूपमा प्रस्तुत गर्नु र नक्कली लेटरप्याड प्रयोग गर्नु विधानसम्मत नहुने संयोजक गुरुङले बताए।

“त्यस्ता भेलामा भएका गतिविधि, नेताहरूले प्रयोग गरेका शब्द र उपस्थितिको पूर्ण अभिलेख संकलन गरिरहेका छौँ,” उनले भने, “पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुनेछ।”

पार्टीको हितका लागि गरिने भेला तथा सम्मेलनमा बन्देज नरहेको तर पार्टीविरुद्ध लक्षित गतिविधिमाथि निगरानी राखिने समितिले स्पष्ट पारेको छ।

अनुशासन समितिले विशेष महाधिवेशन, निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आधिकारिकता प्राप्त गरेको दाबी गर्दै पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम काम गरिरहेको जनाएको छ।

0 Comments