६ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

अ+ अ-

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आजदेखि डोजर प्रयोग गरी जग्गा खाली गराउन थालेको छ ।

गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाका अनुसार जनकपुरधाम–४ स्थित पेठीया बजारनजिकको गोरधोइ पोखरीबाट आज बिहान अतिक्रमित संरचना हटाउन सुरु गरिएको हो । संस्थानले पटक–पटक सूचना जारी गरी संरचना आफैँ हटाउन आग्रह गरे पनि अटेर गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा डोजर चलाइएको हो ।

संस्थानले जनकपुरधामका सातवटा पोखरीको अतिक्रमणसम्बन्धी लगत संकलन गरी अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया अघि बढाएको छ । ती पोखरीमा गरिएको अतिक्रमणको विवरण संकलनका क्रममा कतिपय स्थानमा ठूलो मात्रामा र कतिपय स्थानमा सामान्य अतिक्रमण भएको पाइएको प्रमुख झाले बताए।

उनका अनुसार जनकपुरधाममा गुठी संस्थानअन्तर्गत ४९ वटा पोखरी छन् । पोखरी, मठमन्दिर तथा अन्य गुठीको अतिक्रमण हटाउन गुठी संस्थानका प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले काम गरिरहेको छ ।

समितिले संकलन गरेको विवरणका आधारमा प्रतिवेदन तयार गरी संस्थानको केन्द्रीय कार्यालयमा बुझाइएको छ । प्रमुख झाका अनुसार जनकपुरधाममा गुठी संस्थानको करिब २२ देखि २५ बिघा अतिक्रमणमा परेको अनुमान छ । रत्नसागर क्षेत्रमा मात्रै करिब नौ बिघा र बेलाकुट्टी क्षेत्रमा चार बिघाभन्दा बढी गुठी जग्गा अतिक्रमण भएको ठानिएको छ ।

0 Comments