६ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजा क्षेत्रमा इजरायली आक्रमणको मध्यस्थकर्ता राष्ट्रहरूद्वारा निन्दा

अ+ अ-

गाजा  । गाजा द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका राष्ट्रहरू इजिप्ट, कतार र टर्कीले गाजा पट्टीमा भइरहेका पछिल्ला इजरायली आक्रमणहरूको कडा निन्दा गरेका छन् । 

बुधवार एक संयुक्त विज्ञप्ति जारी गर्दै तीनवटै मुलुकले गाजा क्षेत्रमा जारी मानवअधिकार उल्लंघनका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । इजरायलको बढ्दो सैन्य आक्रमणले गाजा द्वन्द्व अन्त्यका लागि भइरहेका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रयासहरूलाई कमजोर बनाएको उनीहरूको ठहर छ । 

 विज्ञप्तिमा इजरायललाई युद्धविराम सम्झौता अन्तर्गतका आफ्ना सबै दायित्वहरू पूर्ण रूपमा पालना गर्न र तनाव थप उत्तेजित पार्ने खालका गतिविधिबाट टाढै रहन आग्रह गरिएको छ । साथै, मध्यस्थकर्ता राष्ट्रहरूले इजरायली आक्रमणलाई रोक्नका लागि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राज्य अमेरिका नेतृत्वको ‘बोर्ड अफ पिस’ लाई इजरायलमाथि प्रभावकारी दबाब सिर्जना गर्न समेत आह्वान गरेका छन् । 

यसै सन्दर्भमा, अरब लिगका महासचिव नबिल फहमीले बिहीबार इजरायललाई ‘विद्रोही राज्य’ को संज्ञा दिँदै कडा आलोचना गरेका छन् । इजरायलले अन्तर्राष्ट्रिय कानुनको बेवास्ता गरेको र अन्य राष्ट्रहरूको सार्वभौमसत्ता तथा क्षेत्रीय अखण्डताको बारम्बार उल्लंघन गरेको आरोप फहमीले लगाएका छन् । 

आफ्नो वक्तव्यमा महासचिव फहमीले कब्जा गरिएको वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको विषयलाई उल्लेख गर्दै प्रभावकारी जवाफदेहिताको अभावमा इजरायल कानुनभन्दा बाहिर गएर कार्य गर्न प्रोत्साहित भइरहेको चेतावनी दिए । 

गाजामा युद्धविरामका लागि नयाँ कूटनीतिक प्रयासहरू भइरहँदा इजरायली बमबारी पनि जारी रहेको छ । प्यालेस्टिनी स्रोतकाअनुसार बुधवार गाजा शहरको केन्द्रमा रहेको हमासद्वारा सञ्चालित नगरपालिका प्रहरी मुख्यालयमा इजरायली हवाई आक्रमण भएको थियो । उक्त आक्रमणमा एक महिलासहित कम्तीमा ९ जना प्यालेस्टिनीको मृत्यु भएको छ । 

0 Comments