६ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदीप गिरीको स्मृतिमा नेपाली काँग्रेसद्वारा ‘फेलोसिप’ र निबन्ध पुरस्कार घोषणा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका वैचारिक नेता एवं समाजवादी चिन्तक स्व. प्रदीप गिरीको स्मृतिमा ‘प्रदीप गिरी फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निबन्ध पुरस्कारको घोषणा गरेको छ । 

शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘हि टोल्ड अस: इन स्पिरिट एन्ड स्ट्रगल’ कार्यक्रममा सभापति गगनकुमार थापाले यस्तो जानकारी दिएका हुन् । स्व. गिरीको चौथो वार्षिक स्मृति दिवसको अवसरमा काँग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठान र प्रदीप गिरी इन्स्टिच्युटको संयुक्त पहलमा यो कार्यक्रम शुरु गरिएको हो । सभापति थापाकाअनुसार गिरीको अध्ययनशील स्वभाव र सीमान्तकृत समुदायप्रतिको निष्ठालाई जीवित राख्न दुई फरक विधामा फेलोसिप प्रदान गरिनेछ  ।

प्रदीप गिरी फेलोसिपलाई ‘विचार, अध्ययन र अनुसन्धान’ तथा ‘कर्म र न्याय’ गरी दुई पाटोमा विभाजन गरिएको छ । पहिलोमा विचार, अध्ययन र अनुसन्धान छ । यस विधाअन्तर्गत चार जना अध्येतालाई फेलोसिप प्रदान गरिनेछ । यसमा नेपाली राजनीति, गणतन्त्र, सङ्घीयता, सामाजिक न्याय, समावेशिता, दर्शन र साहित्यका क्षेत्रमा अनुसन्धान, पुस्तक लेखन तथा दस्तावेजीकरणका लागि सहयोग उपलब्ध गराइनेछ । साथै, प्रदीप गिरीको व्यक्तित्व, मधेस दृष्टिकोण र उनको दार्शनिक जीवनमाथि गरिने शोधलाई प्राथमिकता दिइने प्रतिष्ठानले जनाएको छ ।

फेलोहरूले निश्चित पारिश्रमिक, सम्पादकीय मार्गदर्शन र पुस्तकालयको सुविधा प्राप्त गर्नेछन् । दोस्रोमा कर्म र न्याय रहेको छ । यो विधाअन्तर्गत चार जना सक्रिय कानुन व्यवसायीहरूलाई फेलोका रूपमा छनोट गरिनेछ । उनीहरूले एक वर्षसम्म कानुनी सहायता डेस्क सञ्चालन गरी जातीय विभेद, भूमि विवाद र नागरिकताबाट वञ्चित सीमान्तकृत एवं दलित समुदायका कम्तीमा २० वटा मुद्दामा नि:शुल्क कानुनी पैरवी गर्नेछन् । यसको उद्देश्य व्यक्तिगत पीडालाई सार्वजनिक अभिलेखका रूपमा स्थापित गर्दै नीति निर्माणमा दबाब सिर्जना गर्नु रहेको छ । 

गिरीको राजनीतिक संस्कार र आलोचनात्मक चेतलाई सम्मान गर्दै काँग्रेसले ‘निष्ठामूलक असहमति’ वशर्षकमा वार्षिक निबन्ध पुरस्कारको समेत घोषणा गरेको छ । आफ्नो दल, संस्था वा विचारधाराको रचनात्मक आलोचना गर्दै लेखिएका उत्कृष्ट निबन्धलाई यो पुरस्कार प्रदान गरिने सभापति थापाले जानकारी दिए । यो फेलोसिप कुनै राजनीतिक दलमा आबद्ध वा नभएका सबै योग्य नेपाली नागरिकका लागि खुला रहनेछ । यसका लागि आगामी कात्तिक २४ गते (गोवर्द्धन पूजा तथा प्रदीप गिरीको जन्म जयन्ती) देखि आवेदन खुला गरिनेछ । 

छनोट प्रक्रियालाई पूर्णतः निष्पक्ष बनाउन कुनै पनि राजनीतिक दलको बहालवाला पदमा नरहेका व्यक्तिहरू सम्मिलित एक स्वतन्त्र निर्णायक समिति गठन गरिनेछ । मंसिर मसान्तभित्र फेलोहरूको छनोट गरिने र यो कार्यक्रम प्रत्येक वर्ष निरन्तर सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । 

उनले भने, ‘प्रदीप गिरीलाई सम्झेर हामीले यो पनि सँगसँगै राखेका छौँ, ‘निष्ठामूलक असहमति’ । यो निबन्ध पुरस्कार हो, फेलोसिप होइन । वार्षिक रूपमा आफ्नै पक्ष, संस्था वा राजनीतिक धारको आलोचना गर्दै लेखिएको उत्कृष्ट प्रकाशित निबन्धलाई यो पुरस्कार प्रदान गरिनेछ । हामीकहाँ अहिले दुई वटा समस्या छन् । हामी एउटा एक्स्ट्रिममा पुगेर आलोचना र निन्दाबीचको फरक छुट्याउन छोडेका छौँ, एकै चोटि निन्दामा पुग्छौँ । अर्को कोणमा फेरि एकै चोटि पूर्ण समर्थनमा पुग्छौँ, जहाँ कुनै प्रश्न नै हुँदैन । प्रदीप गिरी यी दुवैभन्दा पर हुनुहुन्थ्यो । हामीले पार्टी कार्यालयका बैठकहरूमा थुप्रै साथीहरूसँगै काम गर्‍यौँ । अरूको बारेमा अनुमान गर्न सकिन्थ्यो-दायाँपट्टि बसेको हो कि बायाँपट्टि, अहिले सभापतिको पक्षमा बोल्छ कि यता बोल्छ भन्ने। तर प्रदीप गिरी बोल्न उठ्दै गर्दा उहाँले के बोल्नुहुन्छ भन्ने अनुमान नै गर्न सकिँदैनथ्यो। त्यस कारण पनि उहाँप्रति सबैको एउटा खालको आकर्षण थियो । उहाँ भित्रैदेखि बोल्नुहुन्थ्यो, उहाँका आफ्नै निश्चित सिद्धान्तहरू थिए । तर उहाँको असहमति निन्दाभन्दा धेरै पर थियो र सधैँ गरिने पूर्ण समर्थनभन्दा पनि फरक थियो ।’

सीमान्तकृत, महिला र दलित समुदायका आवेदकहरूलाई विशेष प्रोत्साहन गरिने यस पहलले नेपाली राजनीतिमा बौद्धिक विमर्श र सामाजिक न्यायको मुद्दालाई थप सुदृढ बनाउने विश्वास लिइएको छ । 

0 Comments