७ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, संकलित आवाजलाई कानूनी रूप दिइने

अ+ अ-

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरोकारवालाहरूबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता व्यक्त गरेका छन्। 

आइतबार शिक्षा मन्त्रालयद्वारा आयोजित ‘विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माणसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यवहारिक बनाउन देशका विभिन्न प्रदेश तथा स्थानीय तहमा पुगेर विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूसँग गहन छलफल गरिएको जानकारी दिए। 

छलफलका क्रममा उठेका विषयहरू केवल बोल्नका लागि मात्र नभई तिनको दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । 

मन्त्री पोखरेलका अनुसार संकलित सुझावहरूलाई आवश्यकताका आधारमा ऐन, नियमावली तथा नीतिगत तहमा समावेश गरी विधिगत रूपमा कार्यान्वयन गरिनेछ । 

मन्त्रालयले यस प्रक्रियामा पूर्ण पारदर्शिता अपनाउने बताए । विधेयक निर्माणको कार्य अझै जारी रहेको र यो अन्तिम चरण नभएको उल्लेख गर्दै मन्त्री पोखरेलले विधेयक संघीय संसद्मा छलफल भई राजपत्रमा प्रकाशित नहुन्जेलसम्म सुझाव संकलनको क्रम नरोकिने बताए ।

मन्त्री पोखरेलले भने, ‘नेपालका विभिन्न प्रदेशका राजधानीहरूमा पुगेर विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति तथा विभिन्न सरोकारवालाहरूका सुझावहरू हामीले संकलन गरेका छौँ । आजको कार्यक्रममा पनि आएका सुझावहरूलाई हामीले व्यवस्थित रूपमा अभिलेखीकरण गरिरहेका छौँ । यी सुझावहरू केवल आवाजका रूपमा सीमित हुँदैनन् । विद्यालय शिक्षा विधेयक, ऐन, नियमावली तथा आगामी नीतिहरू निर्माण गर्दा यिनलाई समेटेर दीर्घकालीन समाधान खोजिनेछ । हामी तत्काल गर्न सकिने, पछि गर्नुपर्ने र गर्न नसकिने विषयमा पनि पारदर्शी रूपमा जानकारी गराउनेछौँ । आजको कार्यक्रम अन्त्य होइन, सुरुवात हो । विधेयक संसद् र विभिन्न समितिमा छलफल हुँदै राजपत्रमा प्रकाशित हुने चरणसम्म पनि यहाँहरूका सुझावहरू निरन्तर संकलन गरी विधिगत रूपमा समाधान गर्ने हाम्रो प्रयास रहनेछ ।’

सुझाव संकलनका लागि उपयुक्त मञ्च (फोरम) को समेत व्यवस्था गरिने र प्राप्त सुझावहरूलाई विधिगत प्रक्रियाबाट समाधान गर्न मन्त्रालय प्रयत्नशील रहने उनले विश्वास व्यक्त गरेका छन् ।

0 Comments