देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार-जहाँ नीति बन्छ, निर्णय हुन्छ र देशभरिका सरकारी निकायलाई निर्देशन पुग्छ। तर यही परिसरका कतिपय बगैँचामा अहिले फूलभन्दा झार बढी, बढेको घाँस र स्याहार नपाएका बिरुवा देखिन्छन्।
कुनै बेला यही सिंहदरबारको हरियाली र सुन्दरता देखेर ‘आहा !’ भनिएको थियो। पछि यसलाई अझ व्यवस्थित र आकर्षक ‘बुटिक प्रशासनिक केन्द्र’ बनाउने परिकल्पनासमेत अघि सारियो। तर अहिले प्रश्न नयाँ योजना बनाउनेभन्दा पनि बनिसकेको संरचना र हरियालीलाई नियमित रूपमा जोगाउने विषयमा उठेको छ।
सिंहदरबारका बगैँचा कसले हेर्ने ? जिम्मेवारी तोकिएकै अवस्थामा नियमित व्यवस्थापन किन हुन सकेन ? सम्पूर्ण परिसरको एकीकृत व्यवस्थापनका लागि के आवश्यक छ ?
सिंहदरबार परिसरको अहिलेको अवस्था, विगतको सुन्दरता, ‘बुटिक प्रशासनिक केन्द्र’को परिकल्पना र वनस्पति विभागको प्रस्ताव समेटिएको प्रशासन डटकमको यो विशेष भिडियो हेर्नुहोस्।






