८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले २०७३ सालमा गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले प्रतिवेदन सार्वजनिक गर्ने विषय लामो समयदेखि राजनीतिक प्रतिबद्धतामा दोहोरिँदै आए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएका छन्। २०७४ सालदेखि नै प्रत्येक वर्षजसो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग उठ्दै आए पनि त्यसले अझै निष्कर्ष पाउन नसकेको उनको भनाइ छ।

थापाका अनुसार विभिन्न राजनीतिक दलले सरकारमा पुग्नुअघि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए। तर सत्ता सञ्चालनमा पुगेपछि त्यसलाई कार्यान्वयनमा लैजान नसकिएको उनले स्वीकार गरेका छन्। आयोग गठन भएको करिब एक दशक पुग्न लाग्दा पनि प्रतिवेदन सार्वजनिक नहुनु गम्भीर विषय भएको उनको टिप्पणी छ।

उनले आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक नभएकै कारण सम्बन्धित घटनाको यथार्थ विवरण पूर्ण रूपमा नागरिकसमक्ष आउन नसकेको र पीडितले न्याय प्राप्त गर्ने प्रक्रियासमेत प्रभावित भएको बताएका छन्।

यसअघि सरकारहरूले प्रतिवेदन सार्वजनिक गर्न नसकेको विषयलाई अबको सरकारका लागि निरन्तरता दिने आधार बनाउन नहुने थापाको धारणा छ। विगतमा भएका कमजोरीलाई कारण देखाएर प्रतिवेदन सार्वजनिक गर्ने दायित्वबाट राज्य पछि हट्न नहुने उनले बताएका छन्।

प्रतिवेदन सार्वजनिक गर्ने विषयलाई यस पटक राजनीतिक आश्वासनमा सीमित नगरी कार्यान्वयनमै लैजानुपर्नेमा जोड दिँदै थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराएका छन्। उनले थप समय नलगाई प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन्।

थापाले नागरिकलाई घटनाको वास्तविकता जान्ने अधिकार रहेको र सम्बन्धित पीडितलाई न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन्। लामो समयदेखि रोकिएको प्रतिवेदन सार्वजनिक गर्नु सत्य तथ्य स्थापित गर्ने तथा न्यायिक प्रक्रियालाई अघि बढाउने दृष्टिले आवश्यक रहेको उनको भनाइ छ।

0 Comments