८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागढुंगा सुरुङमार्गमा चारपाङ्ग्रे साना सवारीलाई प्रवेश खुला

अ+ अ-

काठमाडौँ । नागढुंगा-सिस्नेखोला सुरुङमार्गबाट अब कार, जिप र भ्यानजस्ता साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ। सुरुङमार्ग परीक्षणकै चरणमा रहेकाले हाल सीमित समय र एकतर्फी यातायात व्यवस्थासहित सर्वसाधारणका लागि खुला गरिएको हो।

सडक विभागका सूचना अधिकारी तथा सहायक प्रवक्ता ई. शुभाञ्जन दाहालका अनुसार यसअघि आपत्कालीन प्रयोजनका सवारीसाधनमार्फत परीक्षण हुँदै आएको सुरुङमार्गमा सोमबारदेखि साना चारपाङ्ग्रे सवारीलाई प्रवेश अनुमति दिइएको हो।

हाल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङमार्गबाट एकतर्फी रूपमा यातायात सञ्चालन हुनेछ। परीक्षणका क्रममा देखिने अवस्था र प्राविधिक पक्षको मूल्यांकनपछि छिट्टै दुईतर्फी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको विभागले जनाएको छ।

हाल सुरुङमार्गमा दुईपाङ्ग्रे सवारीसाधन तथा अत्यन्त प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई प्रवेश दिइने छैन। ठूला सवारीसाधनलाई भने परीक्षणको चरण पूरा भएपछि मात्रै सुरुङमार्ग प्रयोग गर्न दिने तयारी गरिएको छ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले गत ११ साउनमा नागढुंगा सुरुङमार्गको उद्घाटन गरेका थिए। उद्घाटनपछि सुरुङमार्गमा आपत्कालीन सेवाका सवारीसाधनमार्फत सञ्चालन परीक्षण हुँदै आएको थियो।

सुरुङमार्गको प्राविधिक परीक्षण तथा सञ्चालन व्यवस्थापनलाई क्रमशः विस्तार गर्दै नियमित यातायात सञ्चालनतर्फ लैजाने तयारीअनुसार साना सवारीलाई सीमित समयका लागि प्रवेश खुला गरिएको विभागले जनाएको छ।

0 Comments