८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानीमैत्री वातावरण निर्माणमा सरकार गम्भीर नभएको सांसद स्वाँरको आरोप 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद भरतबहादुर स्वाँरले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन् । 

सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा भएको पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी सम्बन्धी छलफलमा उनले लगानीमैत्री वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका हुन् । 

उनले उद्योग स्थापना र सञ्चालनका क्रममा व्यवसायीले विभिन्न निकाय धाउनुपर्ने तथा अनावश्यक झन्झट र कमिसनको समस्या झेल्नुपरेको दाबी गरे । नेपालमा प्रभावकारी ‘एकद्वार प्रणाली’ नहुँदा स्वदेशी तथा विदेशी लगानीकर्ता निरुत्साहित भइरहेको उनको भनाई छ । लगानी गर्न आउने उद्योगीलाई विभिन्न निकायका ढोका–ढोका धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। उनले विगतमा नेपालमा स्थापना गरिएका कतिपय उद्योग बन्द हुनु र भएका पुँजीसमेत विदेश पलायन हुनु गम्भीर विषय भएको बताए । विदेशी तथा मित्रराष्ट्रको सहयोगमा स्थापना भएका उद्योगसमेत सञ्चालन गर्न नसक्नु मुलुकका लागि लाजमर्दो अवस्था भएको उनको भनाई छ । 

उनले छिमेकी मुलुकका वायुसेवा कम्पनीले उल्लेख्य प्रगति गरिसक्दा नेपाल एयरलाइन्स ऋणको भारमा परेको बताए । विगतमा विभिन्न उद्योग तथा आयोजनामा देखिएका समस्या समाधान नगरे लगानीको वातावरण थप बिग्रिने उनको भनाई छ । 

उद्योगी व्यवसायीलाई बिना आधार पक्राउ गर्ने, थुनामा राख्ने र धरौटीमा छाड्ने जस्ता गतिविधिले पनि लगानीकर्तामा नकारात्मक सन्देश जाने उनको भनाई छ । निर्माण क्षेत्रमा समेत व्यवसायीले समस्या भोगिरहेको उल्लेख गर्दै उनले पहुँच र चाकडीका आधारमा योजना छनोट हुने तथा इमानदारीपूर्वक काम गर्ने निर्माण व्यवसायी कालोसूचीमा पर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए ।

सांसद स्वारले बैठकमा सांसदहरूको न्यून उपस्थिति हुने गरेकोप्रति असन्तुष्टि जनाए। आगामी दिनमा सबैको सल्लाह र सहभागितामा बैठक सञ्चालन गर्न उनले सभापतिसँग आग्रह समेत गरे । समितिले उद्योगी, लगानीकर्ता र निर्माण व्यवसायीका समस्या सुन्ने मात्र नभई समाधानका लागि ठोस पहल गर्नुपर्ने उनको भनाई छ ।

0 Comments