९ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरीको स्कुटरसहित राइड सेयरिङ गर्ने युवक पक्राउ

अ+ अ-

काठमाडौँ । चोरीको स्कुटरसहित राइड सेयरिङ गर्दै आएका एक युवकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा झापा दमक नगरपालिका–७ घर भई हाल काठमाडौँको नयाँ बसपार्कस्थित होटलमा बस्दै आएका ३९ वर्षीय सरोज खनाल रहेका छन् । उनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चोरीको स्कुटरसहित नियन्त्रणमा लिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नक्सालबाट भक्तपुर दरबार स्क्वायर जाने क्रममा एक यात्रुले आफ्नो ल्यापटपको झोला स्कुटरमै बिर्सिएपछि चालक सम्पर्कविहीन भएका थिए । त्यसपछि ती यात्रुले खोजतलासका लागि ट्राफिक प्रहरीलाई अनुरोध गरेका थिए ।

खोजतलासका क्रममा प्रहरीले खनाललाई स्कुटरसहित नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनले तेस्रो व्यक्तिको राइड सेयरिङ एपको आइडी प्रयोग गरी राइड सेयरिङ गर्दै आएको खुलेको छ ।

प्रहरीका अनुसार खनालबाट बरामद स्कुटरको नम्बर परिवर्तन गरिएको र उक्त स्कुटर गत साउन २३ गते काठमाडौँ महानगरपालिका–२६, गोंगबुबाट चोरी भएको खुलेको छ ।

यसअघि पनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले चोरी भएका मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाउने क्रममा एक मोटरसाइकलको डिकीभित्र आरोपी खनालको नागरिकता फेला पारेको थियो ।

उक्त घटनाका आधारमा खनाल लामो समयदेखि मोटरसाइकल चोरीमा संलग्न रहेको र अन्य चोरीका घटनामा संलग्न हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।प्रहरीले बरामद गरेको ल्यापटप भने सम्बन्धित व्यक्तिलाई बुझाइएको जनाएको छ ।

यसैबीच, प्रहरीले अवैध गरगहनासहित काठमाडौँको क्षेत्र पाटीबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले करिब रु आठ लाख मूल्य बराबरका अवैध धातुका गरगहना र पत्थरसहित भारत राज स्थान जयपुरका ५७ वर्षीय शौकत अलीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार अलीले चलाएको भारतीय नम्बरको मारुती सुजुकी गाडी जाँच गर्ने क्रममा बिलबिजक नभएका विभिन्न धातुका गरगहना र बहुमूल्य पत्थर फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

बरामद सामग्रीको मूल्य करिब रु आठ लाख रहेको प्रवक्ता थापाले जानकारी दिए । पक्राउ परेका अली र बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रवक्ता थापाले बताए ।

0 Comments