काठमाडौँ। काठमाडौँको मैपीस्थित एक घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट नेपाली रुपैयाँ ९ लाख ६० हजार ५००, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५०० र १६ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शुक्रबार राति ९:३० बजे भद्रकालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मैपीस्थित एक घरमा हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा निरज निरौला, वसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कँडेल, माधव बिस्ट, शालिग्राम वाग्ले, जयराम पाण्डे, शिव भट्ट, सन्दिप पौडेल, सुनिल श्रेष्ठ, प्रेम श्रेष्ठ, महेश दाहाल, श्याम शर्मा, अरुण बस्नेत, सुमन रिजाल, प्रदीप गौतम, आनन्द राज त्रिपाठी र अनिल सिलवाल रहेका छन्।
प्रहरीले पक्राउ परेका सबैमाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।





