९ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयर्स फोरमले फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग छलफल गर्ने भएको छ । 

फोरमको मंगलवार बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग तत्कालै छलफल गर्ने निर्णय गरेको हो । फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जतिसक्दो छिटो भेटघाटको समय मागेर उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए ।

फोरमले उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेपवेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनको वैकल्पिक मार्ग खोल्ने विषयमा पनि निर्णय गर्न आग्रह गर्ने उनले बताए । फोरमले उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएको जनाएको छ । यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको अध्यक्ष महर्जनले बताए । फोरमले भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत आपत्ति जनाएको छ । प्रधानमन्त्रीसँगको भेटमा उक्त विषय पनि उठाउने निर्णय भएको उनले जानकारी दिए ।

उनले भने, ‘मेयर्स फोरमको आकस्मिक बैठकले प्रधानमन्त्री, सम्माननीय बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायत समसामयिक विषय अवगत गराउने निर्णय गरेको छ । प्रधानमन्त्री, सम्माननीय बालेन्द्र शाहसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाई फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ । प्रधानमन्त्रीसँग हुने भेटघाटमा २०८३ भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यहरू माथि माननीय सांसद आशिका तामाङबाट भएको दुर्व्यवहार प्रति घोर आपत्ति समेत जनाइएको छ । काठमाडौँ उपत्यका मेयर्स फोरमले यसअघि हालका प्रधानमन्त्री, सम्माननीय बालेन्द्र साह र काठमाडौँ महानगरपालिकाका प्रमुख हुँदाको बखतदेखि नै उपत्यका भित्रको फोहोर व्यवस्थापनको लागि तत्कालीन सरकार र नेपवेस्ट बीच भएको सम्झौता कार्यान्वयन गर्न वा सम्झौता खारेज गरेर फोहोर व्यवस्थापनको लागि मार्ग प्रशस्त गर्न समेत फोरमको बैठकमा पटक–पटक छलफल हुँदै आएको थियो । विशेष गरी उपत्यका भित्रको फोहोर व्यवस्थापन तीनवटै तहका सरकारको साझा सरोकारको विषय भएको हामी सबैलाई अवगत नै छ । यो विषयलाई दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय सरकार सदा कटिबद्ध रहेको ब्यहोरा समेत जानकारी गराउँदछौँ ।’

उपत्यकाको फोहर विसर्जन गर्ने बञ्चरेडाँडाका स्थानीयले १५ दिनभित्र आफ्नो माग पूरा नगरे फोहोर रोक्ने चेतावनी दिएका छन् । फोहर रोक्न चेतावनी दिएपछि फोरमले फोहोर व्यवस्थापनका लागी प्रधानमन्त्रीसँग छलफल गर्न लागेको हो ।  

0 Comments