९ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व संकलन

अ+ अ-

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा रु. दुई अर्ब ३१ करोड ९९ लाख राजस्व संकलन गरेको छ । 

कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२-८३ मा कार्यालयले आय करतर्फ रु. एक अर्ब राजस्व संकलन गरेको छ । त्यसैगरी भ्याटतर्फ रु. ५१ करोड ५८ लाख र अन्त:शुल्कतर्फ रु. ८० करोड १५ लाख राजस्व संकलन गरेको छ । 

कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ७७ प्रतिशत राजस्व संकलन गरेको छ । “आयकर लक्ष्यभन्दा बढी संकलन भएको छ ।” कर अधिकृत बस्यालले भने, “गत आवमा फ्याक्ट्रीहरूले निकासी कम मात्रामा गरेकाले अन्त:शुल्क लक्ष्यअनुसार संकलन हुन सकेन ।” 

कार्यालयले आर्थिक वर्ष २०८१-८२ रु. दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षमा कार्यालयले रु. दुई अर्ब ८७ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । 

कर अधिकृत बस्यालका अनुसार गत आर्थिक वर्षमा एक हजार ४०० व्यावसायिक फर्म करको दायरमा आएका छन् भने नौ हजार ९६५ जनाले व्यक्तिगत प्यान लिए । पछिल्लो समय सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उपहार योजना ल्याएको छ । 

उक्त उपहार योजनामा पहिलो विजेता कञ्चनपुरकै करदाताले रु. १० लाख प्राप्त गरे । “हामी अनुगमनमा जाँदा बिल लिनेको सङ्ख्या बढेको पाएका छौँ”, उनले भने, “पहिलो उपहार विजेता यहीँको भएर पनि अहिले यो सङ्ख्या बढेको पाइएको छ ।”

कार्यालयले करदातालाई करदाता शिक्षासमेत प्रदान गर्दै आएको छ । गत आवमा जिल्लाका विभिन्न स्थानमा २३ वटा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको अधिकृत बस्यालले बताए । 

0 Comments