१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले टिमुरे-स्याफ्रुबेसीमा ठूलो क्षति, भन्सारदेखि बस्तीसम्म प्रभावित

तिब्बततर्फबाट आएको आकस्मिक बाढीले टिमुरे र स्याफ्रुबेसीसहित रसुवाका बस्ती, बजार, भन्सार तथा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। मानवीय र भौतिक क्षतिको पूर्ण सरकारी विवरण आउन बाँकी छ।

अ+ अ-

रसुवा । तिब्बततर्फबाट बुधबार बिहान आएको आकस्मिक बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेसी क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। घर, बजार, भन्सार, सुरक्षा संरचना तथा अन्य पूर्वाधार बाढीबाट प्रभावित भएका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजेको समयमा आएको बाढीले टिमुरे बजारको बस्तीमा ठूलो क्षति पुर्‍याएको हो। घटनास्थलको विस्तृत विवरण भने अझै संकलन भइरहेको छ। रसुवा प्रशासनका अनुशार भन्सार र स्याफ्रुबेसी क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

बाढीको प्रभाव टिमुरे र स्याफ्रुबेसीमा मात्र सीमित नभई भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत देखिएको छ। बेत्रावती, मैलुङलगायत क्षेत्रमा क्षतिको प्रारम्भिक विवरण आएका छन् भने नुवाकोट र धादिङतर्फ नदी किनारका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम अघि बढाइएको छ।

पूर्ण क्षति अझै यकिन छैन
स्थानीय जनप्रतिनिधि तथा बासिन्दाबाट घर, बजार र अन्य संरचनामा ठूलो क्षति भएको विवरण आए पनि कति घर बगे, कति परिवार विस्थापित भए र कति मानवीय क्षति भयो भन्ने एकीकृत सरकारी तथ्यांक सार्वजनिक भइसकेको छैन।

सडक, पुल, सञ्चार तथा विद्युत् पूर्वाधार प्रभावित भएकाले घटनास्थलसँग सम्पर्क स्थापित गर्न कठिनाइ भएको छ। स्थानीय प्रशासन र तीनै सुरक्षा निकायले खोज तथा उद्धारसँगै क्षतिको विवरण संकलन गरिरहेका छन्।

0 Comments