१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोसी बाढी: ३८४ पर्यटक सम्पर्कविहीन

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोसीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन् ।

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोसीमा आएको बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली सम्पर्कविहीन भएका छन् ।

पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाईंकुण्ड र कैलाश मानसरोवर गएका ३८४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका अनुसार बेपत्ता हुनेमा सम्राट् टुर्स एण्ड ट्राभलमार्फत ७१ जना, काठमाडौँ होलिडे टुर्स एण्ड ट्राभलमार्फत १७ जना, लिफ होलिडेमार्फत ५५ जना, कैलाश जर्नीमार्फत ३१ जना, एक्सप्लोर भ्याकेशनमार्फत सात जना, ट्रेकर सोसाइटीमार्फत ९२ जना घुम्न गएका थिए ।

यस्तै, रिचा टुर्स एण्ड ट्राभलमार्फत १२ जना, फिस्टेल टुर्स एण्ड ट्राभलमार्फत २७ जना, हिमालयन ग्यासियरमार्फत ५२ जना र अल्पाइन इको ट्रेकमार्फत २० जना भ्रमणमा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरी चौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरू समेत क्षतिग्रस्त भएको छ ।

नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्रि नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।

0 Comments