काठमाडौँ। गोसाइँकुण्ड दर्शन तथा भ्रमण पूरा गरी काठमाडौँ फर्किने तीर्थयात्री तथा पर्यटकलाई धुन्चे हुँदै आउने नियमित पुरानो मार्ग प्रयोग नगर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले यात्रुहरूको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म काठमाडौँ फर्किँदा तोकिएको वैकल्पिक मार्गबाट मात्रै आवागमन गर्न अनुरोध गरेको हो।
गोसाइँकुण्डबाट फर्किने क्रममा पुरानो धुन्चे मार्ग प्रयोग गर्दा जोखिम उत्पन्न हुनसक्ने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग अपनाउन मन्त्रालयले सूचित गरेको जनाएको छ। यो व्यवस्था अर्को सूचना जारी नभएसम्म लागू रहनेछ।
मन्त्रालयले तीर्थयात्री तथा पर्यटकलाई यात्राका क्रममा सम्बन्धित निकायबाट जारी सुरक्षा निर्देशनको पालना गर्न र तोकिएको मार्गबाहेक अन्य बाटो प्रयोग नगर्नसमेत आग्रह गरेको छ।







