काठमाडौँ । सरकारले विपद् तथा आपत्कालीन अवस्थामा रगतसम्बन्धी सूचना र सेवामा नागरिकको पहुँच सहज बनाउन ‘ब्लड बैंक पोर्टल’ सञ्चालनमा ल्याएको छ।
आपत्कालीन अवस्थामा बिरामीका लागि आवश्यक रगत खोज्दा सही सूचना समयमै प्राप्त नहुने समस्या कम गर्ने उद्देश्यले पोर्टल सञ्चालनमा ल्याइएको हो।
पोर्टलमार्फत नागरिकले आफ्नो नजिक रहेका रक्त बैंक, ती संस्थाबाट उपलब्ध हुने सेवा तथा रगतसम्बन्धी आवश्यक जानकारी एकै ठाउँबाट सहज रूपमा हेर्न सक्नेछन्।
सरकारले विपद्का बेला रगतको आवश्यकता परेका नागरिकलाई समयमै सही सूचना र सम्बन्धित सेवासँग जोड्न पोर्टल उपयोगी हुने जनाएको छ।






