१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी : सुदूरपश्चिम सरकारको दुई करोड सहयोग, मुख्यमन्त्रीसहित सबै मन्त्रीले एक महिनाको पारिश्रमिक दिने

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन दुई करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री ओमबिक्रम भाटले जानकारी दिएका छन्।

बाढी प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै मुख्यमन्त्री खगराज भट्टसहित प्रदेशका सबै मन्त्रीले एक महिनाको पारिश्रमिकसमेत सहयोग गर्ने निर्णय बैठकले गरेको छ। उक्त रकम पनि प्रभावितको राहतका लागि उपयोग हुने जनाइएको छ।

मन्त्रिपरिषद्ले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा आवश्यक परेकाले उपचारका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने निर्णयसमेत गरेको छ।

यसै बैठकबाट प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय भएको छ। आयोगको सदस्यमा नेकपा एमालेको तर्फबाट हिरा चन्द र गंगादत्त जोशीलाई नियुक्त गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको प्रदेश सरकारले जनाएको छ।

0 Comments