काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। आज अपराह्न ४:३० बजे बैठक बस्नेछ।
सभापति रवि लामिछानेको निर्देशनमा बस्ने बैठक भर्चुअल हुनेछ।
बैठकमा विपद् व्यवस्थापनका बहुआयामिक पक्ष र विविध शीर्षकमा छलफल हुने रास्वपाले जनाएको छ।






