१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण

अ+ अ-

काठमाडौँ । अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले व्रह्माण्डका रहस्यमय पक्षहरू–डार्क म्याटर, डार्क इनर्जी र सौर्यमण्डल बाहिरका ग्रहहरूको विस्तृत अध्ययनका लागि आइतबार ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ सफलतापूर्वक प्रक्षेपण गरेको छ । फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्थानीय समयअनुसार आइतबार बिहान ७:२६ बजे स्पेसएक्सको ‘फाल्कन हेभी’ रकेटमार्फत यो महत्वाकांक्षी टेलिस्कोप प्रक्षेपण गरिएको हो । प्रक्षेपण भएको सात मिनेटपछि म्यारिल्यान्डस्थित नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरले टेलिस्कोपबाट सञ्चार सम्पर्क स्थापित गरी ‘टेलिमेट्री’ तथ्याङ्कहरू प्राप्त गर्न शुरु गरेको थियो ।

नासाकाअनुसार प्रक्षेपणको ३१ मिनेटपछि रकेटबाट अब्जर्भेटरी सफलतापूर्वक अलग भएको थियो । रकेटका बुस्टरहरू पुनः प्रयोगका लागि सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरिसकेका छन् । प्रक्षेपणको झन्डै डेढ घण्टापछि टेलिस्कोपको सौर्य प्यानल र सन सेड (घामबाट जोगाउने कवच) सफलतापूर्वक सञ्चालनमा आएको अधिकारीहरूले पुष्टि गरेका छन् । 

यो टेलिस्कोप आफ्नो निर्धारित कक्षमा पुग्न करिब तीन महिना लाग्नेछ । यस अवधिमा वैज्ञानिकहरूले टेलिस्कोपमा जडान गरिएका उपकरणहरूको प्राविधिक परीक्षण र क्यालिब्रेसन गर्नेछन् । नासाले सन् २०२७ को शुरुवातसम्ममा यो टेलिस्कोपबाट खिचिएका पहिलो तस्बिरहरू सार्वजनिक गर्ने लक्ष्य राखेको छ । 

यो टेलिस्कोपले दैनिक १.४ टेराबाइट तथ्यांक पृथ्वीमा पठाउनेछ, जुन नासाको खगोल विज्ञान मिसनहरूको इतिहासमै हालसम्मकै उच्च दर हो । प्राप्त हुने विशाल तथ्यांकको विश्लेषणका लागि मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स र नागरिक वैज्ञानिकहरूको समेत सहयोग लिइने नासाले जनाएको छ ।

यस मिसनले विशेष गरी सौर्यमण्डल बाहिरका ग्रहहरूको खोजी गर्नुका साथै व्रह्माण्डको उत्पत्ति र विकासक्रमसँग जोडिएका जटिल प्रश्नहरूको उत्तर खोज्न मद्दत गर्नेछ । नासाको विज्ञान मिसन निर्देशनालयकी सह–प्रशासक निक्की फक्सले यसलाई एक ‘डिस्कभरी मेसिन’ (खोज संयन्त्र) को संज्ञा दिँदै यसले अदृश्य व्रह्माण्डलाई दृश्यमान बनाउन र जीवनको खोजीमा नयाँ युगको सुरुवात गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । 

0 Comments