काठमाडौँ । त्रिभुवन राजमार्गअन्तर्गत नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ।
सडक डिभिजन कार्यालय धादिङका अनुसार नागढुंगा नजिकै पातले वन भन्ने स्थानमा सडक भासिएको हो। सडक भासिएपछि सवारी साधन एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्।
सडक जोखिमपूर्ण बनेकाले हालका लागि इन्धन (पेट्रोलियम पदार्थ) बोकेका सवारी साधनलाई मात्र यो रुट भएर चल्न दिइएको डिभिजनले जनाएको छ।






