१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखामा सिसी क्यामेरा जडान गरिँदै

अ+ अ-

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले रु चार करोड लागतमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।

टोखाले नगर क्षेत्रभित्रको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सुशासनलाई थप प्रभावकारी बनाउन अत्याधुनिक प्रविधिको सिसी क्यामेरा जडान गर्न लागेको हो ।

सिसी क्यामेरा जडान गर्न नगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सुशीलसिंह राठौरले हस्ताक्षर गरे । 

सम्झौताअनुसार चालु आवको अन्त्यसम्म नगरपालिकाभित्र पहिचान गरिएका मुख्यमुख्य चोक तथा संवेदनशील स्थानमा प्रहरीले निर्धारण गरेको मापदण्डअनुसार सिसीटिभी जडान गरिनेछ । नगरपालिकाले सिसी क्यामेरा जडानका लागि जनता सुरक्षा कार्यक्रमअन्तर्गत रु चार करोड उपलब्ध गराउनेछ । सिसीटिभी प्रणाली खरिद तथा जडानसम्बन्धी प्रक्रिया भने प्रचलित सार्वजनिक खरिद कानुनबमोजिम काठमाडौँ उपत्यका प्रहरी कार्यालयले गर्नेछ ।

सिसी क्यामेरा जडानसँगै टोखाभित्रको सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउनुका साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्झौताअनुसार प्रणालीको सञ्चालन, व्यवस्थापन तथा अनुगमनका लागि नगरपालिका र प्रहरी कार्यालयका प्रतिनिधिसहितको संयुक्त समिति रहनेछ ।

समितिले प्रणालीबाट प्राप्त उपलब्धि तथा नगरको सुरक्षा र सुशासनमा परेको प्रभावको मूल्याङ्कन गर्दै आगामी दिनमा यसको निरन्तरता, विस्तार र क्षमता अभिवृद्धिका लागि आवश्यक सिफारिस गर्नेछ ।

टोखा नगरपालिकामा यसअघि जडान भई सञ्चालनमा रहेका सिसीटिभी प्रणालीलाई समेत नयाँ प्रणालीसँग आबद्ध गर्दै एकीकृत सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ । 

0 Comments