काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक एक दिन पछाडि सरेको छ। शनिबारका लागि तय गरिएको बैठक अब आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकको मिति परिवर्तन गरिएको जानकारी दिएका छन्। उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी तथा रसुवामा आएको बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने एजेन्डा तय गरिएको छ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले आगामी मंसिरमा छुट्टै महाधिवेशन आयोजना गर्ने निर्णय गरेपछि काँग्रेसभित्र महाधिवेशनको विषय थप पेचिलो बनेको छ। यही पृष्ठभूमिमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।






