काठमाडौँ । भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा नेपाल विद्युत् प्राधिकरणका सबै कार्यालयमा आज श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएको छ।
प्राधिकरणले भदौ २२ गते अपराह्न ५:१० बजे मौनधारण, दीप प्रज्वलन तथा मृतकको चिरशान्तिको कामना गर्ने कार्यक्रम तय गरेको हो। राष्ट्रिय शोक मनाउने सरकारको निर्णयअनुसार कार्यक्रम गर्न लागिएको प्राधिकरणले जनाएको छ।
कार्यक्रममा सबै कर्मचारी सहभागी हुनुपर्ने र मातहतका कार्यालयलाई कर्मचारीको सहभागिता सुनिश्चित गर्न निर्देशन दिइएको छ।






