२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसिसी प्रिमियर कप: नेपाल हङकङविरुद्ध भिड्दै

अ+ अ-

काठमाडौँ । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल आज बिहान ७:१५ देखि क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा सुरु हुनेछ ।

यस खेलमा नेपालसामु समूह विजेता बन्ने मौका छ । जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ । नेपाल ताजा स्थितिमा छ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो । नेपाल आजको खेलमा पनि सहज जित दर्ता गर्ने योजनामा छ । उता हङकङले भने तीन खेल खेल्दा दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको छ ।

हालसम्म एकदिवसीय क्रिकेटमा हङकङविरुद्ध नेपालको भेट चारपटक मात्र भएको छ । जसमा नेपालले एक र हङकङले दुई खेल जितेको विगत छ । यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको छ ।

नेपाल र हङकङले पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय क्रिकेट खेलेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले हराएको थियो । नेपाली टोली आज आठ वर्षअघिको इतिहास दोहोर्‍याउने सोचमा छ ।

0 Comments