२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्रीरोगको नि:शुल्क परीक्षण गराउने भएको छ ।

कामपा-२७ ले आउँदो असोज १७ गते शनिबार महिलामा हुने ती विषयको रोगको नि:शुल्क स्वास्थ्य जाँच गराउन लागेको हो । उक्त वडाले नि:शुल्क स्वास्थ्य शिविरका लागि निजामती कर्मचारी अस्पतालसँग सम्झौतासमेत गरिसकेको छ ।

उक्त वडाले ‘वडाको अग्रसरतामा क्यान्सरमुक्त टोल, क्यान्सरमुक्त समुदाय तथा क्यान्सरमुक्त वडा’ भन्ने कार्यक्रम अघि सारेको छ । उक्त कार्यक्रमलाई महानगरपालिकाले क्रमशस् सबै वडामा विस्तार गर्ने सोच अघि बढाएको जानकारी दिँदै सम्झौतापछि कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, “पछिल्लो समय महिलामा स्वास्थ्य समस्याका रूपमा रहेको क्यान्सरको लक्षण नदेखिँदै रोगको सम्भावना पहिचान गर्न खोजिरहेका छौँ ।”

विभिन्न अभियान र कार्यक्रममार्फत नगरवासीलाई रोग लाग्नु अगाडि नै सतर्कता अपनाउन आग्रह गरिएको जनाउँदै उनले खासगरी सहरभित्रका वडाका स्थानीयमा रोग लाग्नु पूर्व जाँच गर्न जाने परम्परा नदेखिएकाले उनीहरूलाई टोलमै पुगेर सेवा दिने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको बताइन्।

वडाध्यक्ष योगेश खड्गीले घर दैलोमै सञ्चालन हुने शिविरबाट धेरै महिलाले लाभान्वित हुने विश्वास व्यक्त गरिन् ।

अस्पतालका कार्यकारी निर्देशक डा. जितेन्द्र परियारले शिविरमा परीक्षणका क्रममा केहीलाई जटिल खालको समस्या देखिएमा अस्पतालले उपचारमा सहजीकरणको लागि सहयोग पुर्‍याउने बताए ।

उनले भने, “प्रारम्भिक जाँचका क्रममा कुनै जटिल समस्या देखिएमा चिकित्सको सल्लाहबमोजिम थप परीक्षण आवश्यक परेमा वडाको सिफारिसमा निजामती अस्पतालमा क्यान्सर हुनु पूर्वको परिवर्तन थाहा पाउन अल्ट्रासाउण्ड र मेमोग्रामलगायतको परीक्षण गराउन सकिने छ ।”

यसअघि पनि कामपाले क्यान्सर रोग परीक्षणका लागि एक महिने अवधिको शिविर सञ्चालन गरेको थियो ।

0 Comments