२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रज्ञा-प्रतिष्ठानद्वारा जेन जेड लेखकलाई सिर्जनात्मक रचना उपलब्ध गराउन आह्वान

अ+ अ-

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले जेन जेड पुस्ताका लेखकलाई सिर्जनात्मक रचना आह्वान गरेको छ ।

 प्रतिष्ठानको आयोजनामा साहित्यप्रति नवपुस्ताको अभिरुचि, सृजनशीलता र मौलिक लेखन प्रोत्साहन गर्ने उद्देश्यले ‘जेन जेड’ उमेर समूहका लेखकका पुस्तक प्रकाशन गर्न लागिएकाले कथा, कविता र संस्मरण विधामा रचना उपलब्ध गराउन आह्वान गरिएको हो । 

सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएका (जेन जेड उमेर समूहका) नेपाली नागरिकले रचना पठाउनुपर्ने प्रतिष्ठानका सचिव रोशन शेरचनले जानकारी दिए । रचना अप्रकाशित, नेपाली भाषामा हुनुपर्ने पनि उनले बताए । उनका अनुसार कथा र संस्मरण अधिकतम पाँच हजार शब्दसम्मको हुनुपर्नेछ । 

एक लेखकले कुनै एक विधामा एउटा मात्रै रचना पठाउनुपर्नेछ । रचना office@nepalacademy.gov.np मा पठाउन सकिने प्रतिष्ठानले आज जारी गरेको सूचनामा उल्लेख छ । रचना आगामी कात्तिक ३० गतेसम्म पठाइसक्नुपर्ने सचिव शेरचनले जानकारी दिए। उनका अनुसार रचनासँगै लेखकको नाम, जन्म मिति खुल्ने कागजात (नागरिकताको प्रतिलिपि), सम्पर्क नम्बर, हालको ठेगाना र सङ्क्षिप्त परिचय (बढीमा १०० शब्द) अनिवार्य संलग्न गर्नुपर्नेछ ।

प्रज्ञा(प्रतिष्ठानको छनोट समितिले छनोट गरेका रचनालाई पुस्तकारका रूपमा प्रकाशन गर्नेछ । छनोट भएका रचनाका लागि नियमानुसार पारिश्रमिकको व्यवस्था पनि गरिएको प्रज्ञा–प्रतिष्ठान जनाएको छ ।

0 Comments