२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्कालीन सचिवविरुद्धको १९ करोड ४६ लाखको भ्रष्टाचार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

६४ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्न भएको खरिदमा प्रचलित कानुन उल्लंघन गरिएको दाबी गर्दै अख्तियारले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठसमेत प्रतिवादी रहेको गैर कानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आर्थिक वर्ष २०७८/७९ मा मधेश प्रदेशस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममार्फत प्रदेशका ६४ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापना गर्न गरिएको खरिदसँग सम्बन्धित मुद्दामा आयोगले पुनरावेदन गरेको हो।

आयोगका अनुसार पीपीएचएल २/जी/एनसीबी/०४/२०७८-७९ नम्बरको ठेक्कामा प्रचलित कानुन विपरीत खरिद कार्य गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको थियो।

आयोगले श्रेष्ठसमेतका प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (च) र (ज) बमोजिमको कसुरमा १९ करोड ४६ लाख १३ हजार १२० रुपैयाँ बिगो कायम गरेको थियो। सोही ऐनको दफा ८ को उपदफा ९१० बमोजिम सजाय गर्नसमेत माग दाबी गरिएको थियो।

तत्कालीन सचिव श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय गर्न पनि आयोगले माग गरेको थियो।

उक्त मुद्दामा विशेष अदालतले २०८२ फागुन १३ गते फैसला गरेको थियो। सो फैसलाप्रति चित्त नबुझेपछि आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको जनाएको छ।

0 Comments