२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिवेदन तयार भएको एक महिनापछि एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक करिब एक महिनापछि बस्ने भएको छ। कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्न शुक्रबार बिहान ११ बजे च्यासलमा बैठक बोलाइएको हो।

कार्यदलका सदस्य डा. राजन भट्टराईका अनुसार बैठकमा पुनर्गठनसम्बन्धी प्रतिवेदनको विषयवस्तुमाथि छलफल हुनेछ।

गत २१ फागुनको निर्वाचनमा पार्टीले व्यहोरेको पराजय तथा त्यसपछि संगठन पुनर्गठनका लागि आवश्यक सुझाव संकलन गरी प्रतिवेदन तयार गर्ने उद्देश्यले गत १० जेठमा कार्यदल गठन गरिएको थियो। उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव छन्।

कार्यदलले सातवटै प्रदेशसहित गैरभौगोलिक क्षेत्रका गरी १३ स्थानबाट पार्टी पुनर्गठनका विषयमा सुझाव संकलन गरेको थियो। ती सुझावलाई समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी महासचिव पोखरेललाई दिइएको थियो।

पोखरेलले करिब एक महिनाअघि नै प्रतिवेदनको मस्यौदा तयार गरी कार्यदलका संयोजक थापालाई बुझाएका थिए। उक्त प्रतिवेदन सार्वजनिकसमेत भइसकेको छ।

शुक्रबारको बैठकमा सोही प्रतिवेदनमाथि छलफल हुने कार्यदलमा रहेका पोखरेलनिकट नेताहरूको भनाइ छ। यद्यपि, पार्टी अध्यक्ष केपी शर्मा ओली प्रतिवेदनका सबै विषयमा सहमत नरहेको नेताहरूले बताएका छन्।

ओली पक्षबाट बैठकमा छुट्टै प्रतिवेदन वा प्रस्ताव प्रस्तुत हुनसक्ने सम्भावना रहेको एक नेताले बताएका छन्। यसले पार्टीको निर्वाचनपछिको पुनर्गठनसम्बन्धी बहसलाई थप फरक दिशामा लैजान सक्ने देखिएको छ।

0 Comments